Incident Reports

OnlineKhabar: Local representative assaulted during monitoring

2018-06-09

A fight broke out between local representatives and the workers while the representatives went to monitor the maintenance of different segments of Araniko highway. The workers of construction company obstructed and assaulted Ward Chairperson of Balefi Rural Municipality, Bikas Shrestha and his team on Saturday. डिभिजन सडक कार्यालय दोलखाअन्र्तगत अरनिको राजमार्गको विभिन्न स्थानमा मर्मत भइरहेको सडकको अनुगमनका लागि पुगेका जनप्रतिनिधिहरु र युवाहरुबीच कुटाकुट एको छ । अरनिको राजमार्गको कोठे नजिकै सडक सुधारमा खटिएका ठेकदार कम्पनीका युवाहरुले बलेफी गाउँपालिका- अध्यक्ष विकास श्रेष्ठलाई अवरोध गर्नुका साथै कुटपिट गरेका हुन् । डिभिजन सडक कार्यालय दोलखाले सो सडक खण्डको स्तोरन्नतीको जिम्मा बन्धन भगवती निर्माण कम्पनीलाई ५ करोड १ लाख रुपैयाँमा काम सम्पन्न गर्न दिएको थियो । ठेकदार कम्पनीले राखेका युवाहरुले कामको अनुगमनमा जाँदा आफूसहितको टोलीलाई कार्यस्थलमा नै आक्रमण गरेको वडा अध्यक्ष श्रेष्ठले बताए । ‘अरनिको राजमार्गको कोठो नजिकै गत वर्षपनि गुणस्तरहीन काम भएपछि वर्षामा सडक भत्किएको र यो वर्ष पनि त्यस्तै काम भएपछि हामी अनुगमनका लागि गएका थियौ,’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘ठेकदारका केही युवाहरु रहेछन्, ‘तँ कहाँको हिरो भन्दै ढुङ्गाले कुटपिट गरे ।’ बलेफी गाउँपालिकाको निर्णय अनुसार नै आफ्नो वडा क्षेत्रमा विभिन्न सरकारी र गैर सरकारी संघ संस्थाहरुले गरिरहेका कामहरुको अनुगमनका लागि वडाको टिम त्यहाँ गएको श्रेष्ठले बताए । सुनकोशी नदी छेउमा भइरहेको काममा प्लम क्रक्रिटको काममा मापदण्ड भन्दा बढी ढुङ्गा हालेपछि आफूले केही दिनअघि गएर त्यसो नगर्न आग्रह गरेको श्रेष्ठले बताए । ‘ठूला-ठूला ढुङ्गा राखेर ढलान गरिरहेको रहेछ, किन त्यसो गरेको भनेर मैले केही ढुङ्गा त निकाल्न लगाए तर फेरि जाँदा पनि त्यस्तै काम भइरहेको रहेछ,’ वडा अध्यक्ष श्रेष्ठले भने, ‘त्यसो नगर्न भन्दा ठेकदारका ‘गुण्डा’हरुले आक्रमण गरिहाले ।’ ठेकदार कम्पनीले नै कोही आएमा ठीक गर्न भन्दै ती युवाहरुलाई मासिक पैसा दिएर राखेको वडा अध्यक्ष श्रेष्ठको आरोप छ । ‘मुख्य ठेकदार को हो हामीलाई थाहा छैन तर ती युवाहरुलाई त्यो ठेकदारले मासिक तलब दिएर राखेको रहेछ ।’ श्रेष्ठले भने । वडा अध्यक्ष कुटपिटको आरोपमा प्रहरीले बाह्रविसे, पलाती निवासी तिलक बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरु दुवैलाई सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी मोहनप्रसाद पोखरेलले जानकारी दिए । डिभीजन सडक कार्यालय दोलखाले अरनिको राजमार्गको विभिन्न सडक खण्डमा सुनकोशी र भोटेकोशी नदीले सडक जोखिममा परेपछि निर्माणका लागि बन्धन भगवनती निर्माण सेवालाई ठेक्का दिएको थियो । अघिल्लो वर्ष पहिरोले बगाएको लार्चा पुलको काम समेत यही निर्माण सेवालाई दिएको थियो । यो ठेकेदार कम्पनी यही हो जसले निर्माण गरेको लार्चाको बेली बि्रज निर्माण सम्पन्न नहुदै भाँचीएको थियो । डिभिजन सडक कार्यालय दोलखाका प्रमुख अशोक तिवारी भने जनप्रतिनिधिहरुले पटकपटक गएर निर्माण कार्यमा संलगनहरुलाई हत्तोसाहित बनाउने काम गरेपछि घटना भएको बताए। ‘शनिबार जनप्रतिनिधिहरु के को अनुगमन गर्न जानु पर्‍यो र ?’ तिवारीले भने, ‘निर्माण व्यवसायीहरुलाई निर्बाध ढंगले काम गर्न दिनु पर्छ ।’ जनप्रतिनिधि आफै केटाहरु लगेर निर्माण व्यवसायीहरुलाई कुटपिट गरेको प्रमुख तिवारीको आरोप छ । बन्धन भगवती निर्माण सेवाका प्रमुख मुकेश भण्डारी भने आफूले पेटीमा काम दिएको र घटनाको बारेमा सबै जानकारी नभएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments