Incident Reports

Ramechhap businessmen protest heavy vehicles’ ban on BP Highway

2018-06-17

Bagmati, Ramechhap, Manthali

Hundreds of businessmen took out a rally on Sunday in Manthali, the district headquarters of Ramechhap, carrying plates, against the Supreme Court’s decision to ban heavy vehicles on the BP Highway. The businessmen are in a weeklong protest programme to pressure the government to allow heavy vehicles on the highway. The protesters demanded withdrawal of the SC order. बीपी राजमार्गमा ठूला ढुवानीका साधन चलाउन रोक लगाएपछि रामेछापमा खाद्यान्नका गोदाम रित्तिएको भन्दै व्यवसायी र सर्वसाधारणले रित्ता थाल ठटाउँदै आइतबार बिहान मन्थलीमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशले खाद्यान्न ओसारपसार गर्ने बीपी राजमार्गमा मालबाहक गाडी संचालन रोकिएपछि १२ दिन देखि रामेछापमा खाद्यान्न लगायतका सामग्री ढुवानी हुन सकेको छैन। बर्षातका लागि भण्डारण गरेका सामग्री सकिएको व्यवसायीले बताएका छन्। तराईबाट पहाड जोड्ने एकमात्र राजमार्गमा सवारी संचालन रोकेपछि गोदाममा सामान थप्न नपाएको व्यवसायीले बताए। गोदाममा राखेका सामान सकिएपछि उनीहरुले आइतबार ‘खान पाउने अधिकार सुनिश्चिता’ को माग गर्दै रित्ता थाल ठटाएर प्रदर्शन गरेका हुन्। बजार बन्द गरी प्रदर्शनमा निस्किएका व्यवसायी र सर्वसाधारणले मन्थली बजार परिक्रमा गरेका थिए । स्थानीय देवकोटाचोकमा भएको कोणसभामा व्यवसायीका अगुवाहरुले सर्वोच्चले आदेश नसच्चिए रामेछापबासी भोकभोकै मर्नुपर्ने बताए। जिल्लामा आवश्यक पर्ने करिब ७० प्रतिशत खाद्यान्न वीपी राजमार्ग हुँदै भित्रिने गरेकोमा हाल उक्त मार्ग ठप्प हुँदा त्यसको असर जिल्लामा देखापरेको व्यवसायीहरुको दाबी छ। उक्त राजमार्गमा यस अघि ८ टन क्षमताका मालवाहक साधन संचालन हुँदै आएका थिए। ती साधनलाई समेत रोकेपछि ढुवानी ठप्प भएको हो। ४ टन क्षमताका साधनले ओसारेको भरमा जिल्लामा आवश्यक खाद्यान्न र अन्य सामग्रीको माग धान्न कठिनाइ हुने ब्यवसायी बताउँछन्। भूकम्पले भत्काएका संरचनाको पुननिर्माणका लागि साना सवारीमा फलामे छड ल्याउन सकिएको छैन। भूबनौंट र साँघुरा घुम्ती भएको जनाउँदै बीपी राजमार्गमा ठूला सवारीसधान संचालनमा रोक लगाउन परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै ठूला साधन संचालन नगर्न आदेश जारी गरेपछि रामेछापमा दिनहुँ आन्दोलन भइरहेको छ। शनिबार ढाकरसहितको जुलुस निकालेका थिए। सोमबार उनीहरुले अर्धनग्न जुलुुस निकाल्ने चेतावनी दिएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments