Incident Reports

Alleged rapist of 10-yr-old girl held

2018-06-15

Madhes, Saptari, Rajbiraj

Police arrested a man from Rajbiraj Municipality-3 in Saptari district on charge of raping a 10-year-old girl. The suspect allegedly raped the minor while she was going to a nearby market to buy goods on Friday. According to police, the accused lured the girl to buy chocolate, took her to a bush and committed the crime. (PR) चकलेट किनदिने प्रलोभन देखाई १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नगरपालिका –२ का ३२ वर्षीय मोहम्मद सबिरलाई शनिबार पक्राउ गरेको छ। चकलेट किनदिने प्रलोभन देखाई सबिरले शुक्रबार साँझ राजविराज नगरपालिका –३ स्थित भलुवाही खोलाको किनारमा रहेको झाँडीमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित घरबाट किराना समान किन्न बजार निक्लिएका बेला घटना भएको पीडितकी आमाले बताइन् । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा शुक्रबार दिएको उजुरी दर्ता गरिएको प्रहरी नायब उपरीक्षक(डीएसपी) भावेश रिमालले जानकारी दिए । डीएसपी रिमालका अनुसार जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका सविरलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिने छ । मुलुकी ऐन जबरजस्ती करणी महलको १४ (१) बमोजिम आरोपितले कसुर अपराध गरेकाले उनलाई आठदेखि १२ वर्षसम्म कैद सजाय हुने र पीडितलाई क्षतिपूर्ति भराइने व्यवस्था रहेको डीएसपी रिमालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments