Incident Reports

Father-in-law arrested on charge of attempting murder

2018-06-15

Madhes, Parsa, Dhobini, Ward 3

Police have rescued 22 years old Sanju Devi Shah of Dhobini Rural Municipality-3, Haripur and her nine months old daughter Riya Shah while they were being burnt on June 15. The victim accused her father in law Laxmi Prasad Shah of attempting to murder her by sprinkling kerosene over a domestic dispute. The health condition of both victims is very critical and they were referred to Kathmandu by Narayani Sub-regional hospital. Parsa Police said that they are receiving treatment at Burning Centre in Kritipur. The preliminary investigation and the victim’s statement has confirmed that they were attempting to murder by her father in law by sprinkling kerosene and setting fire over their body however father in law denied that allegation and said that she attempted to suicide. However, police have arrested father in law and brother in-law for the investigation. धोबिनी गाउँपालिका-३ हरिहरपुरकी २२ वर्षीया सन्जु देवी साह र उनकी नौ महिने छोरी रिया साहलाई जल्दै गरेको अवस्थामा असार १ गते उद्धार गरिएको छ । घाइते सन्जु देवीले घरायसी विवादको विषयलाई लिएर ससुरा लक्ष्मीप्रसाद साहले आफ्नो र छोरीको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाएकी छन् । उद्धार गरिएका आमा छोरी दुवैको अवस्था गम्भीर रहेको जनाइएको छ । उनीहरूको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा हुन नसकेपछि असार १ गते नै काठमाडौँ लगिएको छ । काठमाडौंको कीर्तिपूरस्थित बर्निङ सेन्टरमा उनीहरूको उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ । सन्जु देवीको घाँटीमा धारिलो वस्तुले काटेको घाउ देखिनुका साथै उनको छाति, गाला र दुवै हातमा आगोले पोलेको छ । उनकी छोरीको पनि घाँटीमा पत्तीले चिरेको घाउका साथै दाहिने हातमा पोलेको घाउ छ । आमाभन्दा छोरीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बूले जानकारी दिए । प्रारम्भिक बयानका क्रममा घाइते महिलाले ससुराले नै आफू र छोरीलाई कुटपिट गरी जीउमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताएकी छिन् । तर, सन्जु देवीका ४८ वर्षीय ससुरा लक्ष्मीप्रसाद साहले सन्जु देवी आफैँले छोरी र आफ्नो जीउमा आगो लगाएर आत्महत्याको प्रयास गरेको दावी गरेका छन् । घरायसी झगडा भएपछि त्यसैको आक्रोशमा सन्जु देवीले दूधे छोरीसहित आत्महत्याको प्रयास गरेको ससुरा लक्ष्मी साहले बताएका छन् । प्रहरीले अनुसन्धानका लागि सन्जु देवीका ससुरा र देवरलाई असार १ गते नै गिरफ्तार गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 2
INSEC , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments