Incident Reports

Arrested on charge of child marriage

2018-06-22

Madhes, Saptari, Saptakoshi

Police have arrested 18 years old Ram Kumar Mikhiya of Kajain Grampanchayat-7 India on charge of marrying 15 years old girl of Tirhut Rural Municipality. He was arrested from Bhantabari of Sunsari based on a victim’s complaint according to Area Police Office of Kanchanrup. The accused married the victim on May 20 against her will. The victim had lodged complaint at Area Police Office against her father Bijaya Kumar Mukhiya,36, mother Lalita Devi Mukhiya,34 and 60 years old grandfather Kailu Mukhiya. The search for them is undergoing according to police. तिरहुत गाउँपालिका-४ की १५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले भारत बिहार कर्जाइन ग्रामपञ्चायत कर्जाइन-७ का १८ वर्षीय रामकुमार मुखियालाई असार ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकाको उजुरीमा सुनसरीको भण्टाबारीबाट सुनसरी प्रहरीले आरोपितलाई गिरफ्तार गरी सप्तरी प्रहरीमा बुझाएपछि इलाका प्रहरी कार्यालय कञ्चनरूपले बाल विवाहको उजुरीमा कारबाही गरिरहेको इन्स्पेक्टर प्रतिक विष्टले बताए । सामाजिक परम्पराअनुसार पीडितका अभिभावकले ०७५ जेठ ६ गते रात्रीलग्नमा आरोपितसँग इच्छाविपरित विवाह गराइ दिएको बालिकाले बताइन् । पीडित बालिकाले बालविवाहमा संलग्न आफ्ना ३६ वर्षीय बुवा विजयकुमार मुखिया, ३४ वर्षीया आमा ललीतादेवी मुखिया र ६० वर्षीय हजुरबुवा कैलु मुखियासहित नाम थाहा नभएको आरोपितका बुवा, आमाविरूद्ध समेत इलाका प्रहरी कार्यालयमा असार ८ गते उजुरी दिएकी छन् । अन्य आरोपितमध्ये पीडितका बुवा, आमा र हजुरबुवा गाउँघर छाडेर फरार रहेकाले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments