Incident Reports

OnlineKhabar: Students of Advance Studies of Science agitated

2018-06-25

Lumbini, Rupandehi, Butwal

Students of Advance Studies of Science in Tilottama municipality, protested against the decision of the administration to close the institute indefinitely. The college had the rule of allowing students to use their mobile phones from 8pm on Friday to 5pm on Saturday. The students would also be allowed to leave the campus on Saturday. However, students were not given this opportunity and when questioned, they were misbehaved with. A student caused self-harm by cutting her wrist when she was not allowed to use her phone and go home on Saturday. The students protested demanding resignation of hostel warden after the incident. रुपन्देहीको तिलोत्तमा नगरपालिका शंकरनगरस्थित एड्भान्स स्टडी अफ साइन्सेज (नर्सिङ कलेज) प्रशासनले विद्यार्थीमाथि दुव्र्यबहार गर्नुका साथै पठनपाठन बन्द गर्ने घोषणा गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । कलेजमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार साँझ ८ बजेदेखि शनिबार दिउँसो ५ बजेसम्म मोबाइल प्रयोग गर्न र शनिबार कलेज बाहिर (घर) जान पाउने नियमबाट विद्यार्थीहरुलाई बञ्चित गरिएको र यसबारे प्रश्न उठाउँदा दुर्व्यवहार भएको विद्यार्थीहरुको गुनासो छ । मोबाइल चलाउन र शनिबार घर जान नपाएपछि एक जना छात्राले छात्राबासको बाथरुमभित्रै हात काटेर आत्महत्या प्रयास गरेपछि कलेज प्रशासन र विद्यार्थीबीच विवाद चर्किएको छ । कलेज प्रशासनको मनोमानी र दुर्व्यवहारका कारण विद्यार्थीले आत्महत्या प्रयास गरेको भन्दै छात्राहरुले होस्टल वार्डेनको राजीनामा र नियमअनुसार विदाको दिन मोबाइल चलाउन र घर जान पाउनुपर्ने माग गर्दै आन्दोलित भएका थिए । त्यही बाहनामा कलेज प्रशासनले सोमबारदेखि कलेजको पठनपाठन र होस्टेल अनिश्चितकालाका लागि बन्द हुने सूचना टाँसेपछि विद्यार्थीहरु थप आक्रोशित भएका छन् । ‘विद्यार्थीका माग र समस्या सम्बोधन गर्नुको साटो कलेज नै बन्द गर्नु प्रशासनको मनपरी र विद्यार्थीमाथिको गैरजिम्मेवारीपनको पराकाष्ठा हो’एक छात्राले नाम उल्लेख नगर्न आग्रह गर्दै अनलाइनखबरसंग भनिन् ‘होस्टेल वार्डेन,एकाउन्टेन्ट लगायत कर्मचारीको दुर्व्यवहारका कारण एकजना साथीको झण्डै ज्यान गएन, यस्तो हुँदा सुध्रिनुको साटो झन् मनपरी भएको छ ।’ कलेजका प्रबन्ध निर्देशक चेतन भण्डारीले विद्यार्थीका कतिपय माग जायज भएको र कलेज प्रशासनबाट गल्ती भएको स्वीकार गर्दै वार्ताबाट समस्याको समाधान गरिने बताए । उनले विद्यार्थीहरुलाई लिखित माग पेश गर्न आग्रह गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Others
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments