Incident Reports

Police imposters rape woman, beat husband

2018-06-20

Bagmati, Chitawan, Ratnanagar

A woman was raped in Chitwan by two youths pretending to be cops. The police imposters came to the victim's house on Wednesday night, in the pretext of investigating a case. They beat the husband and took the woman to a jungle in Thangkhola and raped her. Based on a complaint filed by the victim, police have arrested 23-year-old Pritam Thing of Kalika municipality-3, while the other accused is absconding. According to police, search for the absconding is on-going and rape case has been filed against the accused. चितवनमा प्रहरी बनेर आएका दुई युवकबाट एक महिला बलात्कृत भएकी छन् । घुमुवा प्रहरी बनेर राति घरमा आएका दुई युवकले श्रीमानलाई कुटपीट गरी श्रीमतीलाई जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । पदमपुरकी एक महिलालाई दुई युवकले थाङखोलाको जंगलमा बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । गएको बुधवार राति ती महिलाको घरमा पुगेका दुई युवकले आफूहरु घुमुवा प्रहरी भएको र एउटा घटनाको अनुसन्धानको सिलसिलामा लिन आएको भन्दै महिलाको श्रीम्ानलाई घरबाट लिएर गएका थिए । उनीहरुले पीडितको श्रीमानलाई कुटपिट गरेर बाटोमा नै छाडी पुनः घरमा गएर श्रीमतीसँग ‘तेरो श्रीमान भाग्यो अब तँ हामीसँग इलाका प्रहरी कार्यालय टाँडी जानुपर्छ’ भन्दै ती महिलालाई मोटरसाइकलमा राखेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी निरीक्षक भट्टका अनुसार ती युवाहरुले महिलालाई जंगलमा लगेर बलात्कार गरेका थिए । पीडितको उजुरीको आधारमा प्रहरीले कालिका नगरपालिका ३ बस्ने २३ बर्षीय प्रितम थिङलाई पक्राउ गरेको छ भने अर्का युवक फरार रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए । फरार युवकको खोजी भइरहेको र पक्राउ परेकालाई जबरजस्ती करणीको मुद्धा दर्ता गरी अनुसन्धान सुरुगरिएको खतिवडाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments