Incident Reports

Chand assaulted administrative officer

2018-06-27

Cadres of Nepal Communist Party (NCP) led by Netra Bikram Chand (Biplav) have physically assaulted assistant administrative officer of Saipal Rural Municipality, forcefully smearing black soot on his face on Wednesday. They have accused him of corruption. साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई भ्रष्टाचार गरेको र राहतमा आएको चामल यार्सागुम्बा टिप्ने व्यक्तिहरूलाई विक्री गरेको आरोप लगाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार १३ गते मोसो दलेर दुर्व्यवहार गरेका छन् । जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार क्वीन्टल चामलमध्ये १ हजार ५ सय क्वीन्टल चामल यार्सागुम्बा टिप्न गएका व्यक्तिहरूलाई राईढुङगी बनमा लगेर विक्री गरेको र चामलबाट आएको रकमको समेत हिसाब नदेखाई लाखौँको भ्रष्टाचार गरेको आरोप लागाइएको छ । सो पार्टीका बझाङ जिल्ला जनपरिषद प्रमुख संग्राम सिंहले जोशीलाई पटकपटक सुझाव दिएको भए पनि नमानेपछि चेतावनी स्वरूप मोसो दलेको प्रतिक्रिया दिए । प्रमुख जिल्ला अधिकारी प्रेम कुँवरले जोशीलाई मोसो दलेको भन्ने कतिपय ठाउँबाट खबर पाएको भए पनि आधिकारिक जानकारी नभएको बताए । साइपाल गाउँपालिकाले घटनाको विरोध गर्दै सङ्लग्नहरूलाई कारबाही गर्न माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Other Sources , INSEC , Local Newspaper - Kailali

0 Comments