Incident Reports

3 arrested on allegations of human trafficking and sexual abuse

2018-07-06

Lumbini, Rupandehi, Butwal, Ward 10

Police arrested 3 people in allegations of trafficking and sexual abuse on Jul 6 from Green Guest House and Lodge in Ramnagar,Butwal. 39-year-old Tara Pandey,owner of Green Guest House in Butwan-10, 30-year-old Indian citizen Ajay Dubey and 25-year-old Abhinesh Mishra were arrested on the basis of complaint lodged against them by the victims. Both the victims were sent for health check-up at Lumbini Zonal Hospital. खाजा खान होटलमा गएका ३१ वर्षीया र ३५ वर्षीया दुई जना महिलाहरूलाई होटलमा आउने गेष्टहरूसँग यौन सम्बन्ध राख्न भनी यौन शोषण गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला गल्याङ गाउँपालिका-६ स्थायी घर भई बुटवल उपमहानगरपालिका-१० रामनगरस्थित ग्रिन गेष्ट हाउस एण्ड लज सञ्चालक ३९ वर्षीय तारा पाण्डे, भारतीय नागरिक भारतको उत्तर प्रदेश प्रताव गढ राजापुर घरभएका ३० वर्षीय अजय दुवे र सोही ठाउँकै २५ वर्षीय अभिनेश मिश्रलाई असार २२ गते होटलबाटै गिरफ्तार गरी पीडितद्वयको उद्धार गरेको छ । आरोपितले पीडित महिलाहरू खाजा खान होटलमा गएको अवस्थामा होटलमा आएका भारतीय ‘गेष्ट’हरूसँग होटल सञ्चालकले यौन सम्बन्ध राख्न भनेर आफूहरूलाई यौन दुर्व्यवहार गरेको भनी पीडितद्वयले इलाका प्रहरी कार्यालय बुटवलमा असार २२ गते उजुरी दिएका थिए । पीडित महिलाहरूले दिएको उजुरीका आधारमा प्रहरीले मानव बेचबिखन तथा यौन दुर्व्यवहारसम्बन्धी उजुरी दर्ता गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए । पीडितद्वयको स्वास्थ्य परीक्षण असार २२ गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments