Incident Reports

Police arrests man preparing to marry away under-age daughter

2018-07-10

Madhes, Parsa, Birgunj

Police on Sunday evening arrested a person on the charge of facilitating child marriage in Parsa. The arrested has been identified as Prabeshi Shah of Birgunj-18 Inarwa Maniyari. Police arrested Maniyari from his home on Sunday evening after being informed that he was preparing to marry his 14-year-old daugher Sandhya to 21-year-old Ajay Sah, son of Hari Narayan Sah of Parsagadhi municipality Jigna Harpur on Monday, informed inspector Kumar Mainali of ward police office Shripur Birgunj. Maniyari's neighbours had alerted police about the incident. Police are further investigating on the incident. नाबालिक छोरीको बाल विवाह गरी दिन लागेका एक अभिभावक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज–१८ इनर्वा मनियारीका प्रवेशी साह कानु छन् । उनले आफ्नी छोरी सन्ध्याको विवाह सोमबार गराउन लागेका थिए। प्रवेशीलाई आइतबार साँझ घरबाटै पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुर वीरगन्जका प्रमुख प्रहरी निरीक्षक कुमार मैनालीले बताए। पूर्व निर्धारित लगन साइत अनुसार प्रवेशकी ८ कक्षामा पढदै गरेकी १४ वर्षीया छोरी सन्ध्याको विवाह सोमबार पर्सागढी नगरपालिका जिग्ना हरपुरका हरिनारायण साह कानुका छोरा अजयसंग हुन लागेको थियो। अजयको उमेर हाल २१ वर्ष बुझिएपनि यकिन भई नसकेको प्रनि मैनालीले बताए। कानूनत: विवाह गर्ने केटा–केटीको उमेर २० वर्ष पुगेको हुनुपर्नेमा सन्ध्या बालिग नभएकाले उनका बावुलाई पक्राउ गर्नु परेको मैनाली बताए। यो बालविवाह बारेको सूचना प्रवेशीको छिमेकीबाटै आएको थियो। ‘बाल विवाह हुदै छ भन्ने सूचना प्रवेशीको छिमेकीहरुबाटै आएपछि उनलाई पक्राउ गर्न प्रहरी टोली आइतबार साँझ खटिएको थियो,’ मैनालीले भने, ‘अब उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाउँछौं, उनी उपर सम्भवत: बाल विवाह उद्योग मुद्दामा कारवाही चल्छ।’ प्रवेशीले छोरीको उमेर १८ वर्ष रहेको दाबी गरेपनि सन्ध्याको शारीरिक अवस्था हेर्दा उनको उमेर त्यति देखिंदैन। सन्ध्याको विवाहको कथा मटकोर आदि विधिको प्रकृया पनि पुरा भई सकेको थियो। पछिल्लो समय तराईका बालविवाह घटदै गएको छ। विशेष गरी जिल्लाको ग्रामिण भेगमा लुकाई छिपाई गरिने बाल विवाहको प्रयासमा स्थानीय बासिन्दाहरुकै सूचनाको आधारमा प्रहरी प्रशासनले रोक लगाउने गरेको छ। बिभिन्न गैरसरकारी संस्था तथा सामाजिक कार्यकर्ताहरुको समेतको लामो प्रयास पछि जिल्लाका अभिभावकहरुमा बाल विवाह गर्न नहुने चेतना खुल्दै गएको र बाल विवाहको घट्दो दर पनि त्यसकै परिणाम रहेको सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन्। दशक अघिसम्म पनि जिल्लामा बाल र अनमेल विवाह ठूलो समस्याको रुपमा रहेको थियो। विशेष गरी डोम समुदायमा बालविवाह अत्यधिक हुने गरेको थियो। पछिल्लो समय यो समुदायमा बाल विवाह घटदै गएको छ।
National/Online Media

0 Comments