Incident Reports

Woman's group stage demonstration in Jumla expressing solidarity with Doctor KC

2018-07-10

Woman's group on Tuesday staged a demonstration in Jumla district headquarter Khalanga expressing solidarity with doctor Govinda KC who is on a hunger strike since the past 11 days demanding reform in the medical education in Nepal. They have appealed the government to fulfill doctor KC's demands and save his life. डा. गोविन्द केसीको मागमा ऐक्यबद्धता र उनको जीवनरक्षाको अपिल गर्दै जुम्लाका आमा समूहले मंगलबार सदरमुकाम खलंगा बजारमा प्रदर्शन गरेका छन्। विभिन्न टोल र गाउँका आमा समूहहरूले एकीकृत रूपमा प्रदर्शन गरेका हुन्। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्यको माग गर्दै डा. केसी जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ दिनदेखि अनसनरत छन्। उनको स्वास्थ्य स्थिति गम्भीर छ। दुर्गम क्षेत्रका जनताले पनि समान र स्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भनेर डा. केसी आन्दोलनमा होमिएकाले आफ्नो समर्थन रहेको आमा समूहका प्रतिनिधिहरूले बताएका छन्। विवेकशील साझा प्रदेश नम्बर ६ का संयोजक गेहेन्द्र दाहालका अनुसार आमा समूहका तर्फबाट तीन जना प्रतिनिधि प्रमुख जिल्ला अधिकारीसँग छलफल निम्ति गएका थिए। उनीहरूले बाहिर आएर डा. केसीको आन्दोलन स्वास्थ्य सेवाको सुधारमा केन्द्रित रहेकाले सर्वसाधारणको साथ र सहयोगको खाँचो रहेको बताए। ‘डा. गोविन्द केसीले गरिब आमा र छोराछोरीले बाँच्न पाउनुपर्छ भनेर आवाज उठाउनुभएको छ, त्यसैले उहाँको आन्दोलनमा हाम्रो समर्थन छ,’ आमा समूहका प्रतिनिधिलाई उद्धृत गर्दै दाहालले सेतोपाटीसँग भने। डा. केसीको स्वास्थ्य बिग्रँदै गएकाले उनको जीवनरक्षा निम्ति दबाब सिर्जना गर्न आमा समूहहरूले सार्वजनिक अपिल गरेको दाहालले जानकारी दिए। यो विरोध कार्यक्रमलाई बुधबार पनि निरन्तरता दिने उनीहरूले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments