Incident Reports

Accused of human trafficking arrested

2018-07-13

Police have arrested 24 years old Suraj Darji of Pokhara Metropolitan city-6 , 24 years old Samar Pariyar of the same place and dance bar operator Gyalzen Tamang, 27 of Kerung on July 13 on charge of trafficking 19 years old woman after making fake citizenship. They were arrested in assistance with Maiti Nepal and Chinese police based on receiving information that they are involved in some illegal activities according to the police. DSP Santosh Tamang of DPO said that they were involved in operating prostitution in a dance bar. Police said that they will be charged under the human trafficking act and rape. District Police Office of Rasuwa said that the human trafficking has been centered to China now days. The office said that 29 women have already been rescued till date. १९ वर्षीया युवतीलाई ललाईफकाई नक्कली नागरिकतासमेत बनाएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पोखरा लेखनाथ महानगरपालिकाका २४ वर्षीय सुरज दर्जी, सोही महानगरपालिका–६ का २४ वर्षीय समर परियार, सिन्धुपाल्चोक घर भई केरुङमा डान्सबार सञ्चालन गर्ने २७ वर्षीय ग्याल्जेन तामाङलाई असार २८ गते गिरफ्तार गरेको छ । अबैध क्रियाकलापमा संलग्न भएको सूचनाका आधारमा माइती नेपाल र चिनिया प्रहरीसमेतको सहयोगमा आरोपितहरूलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । केरुङमा एक युवतीलाई लगेर डान्सबार तथा यौन धन्दामा समेत लगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष तामाङले बताए । नागरिकता बनाउन स्याफ्रुको होटलमा राखेर यौन शोषण गरेको केरुङमा पनि जबरजस्ती यौन शोषण गरेको खुलासा भएको प्रहरीले जनाएको छ । उनीहरूलाई मानव बेचबिखन तथा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको डिएसपी तामाङले बताए । पछिल्लो समय मानव बेचबिखन चिनतर्फ हुन थालेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । अहिलेसम्म चिनको केरुङ तर्फजान लागेका २९ जना किशोरीहरूको उद्धार गरेर फर्काएको माइती नेपाल टिमुरे हेल्पडेक्सले जनाएको छ ।

0 Comments