Incident Reports

13-year-old girl gang-raped by 3 youths for two-months

2018-05-07

Madhes, Rautahat, Garuda

Three youth have been arrested on the charge of repeatedly gang raping a 13-year-old girl by holding her captive for two months, police said. The suspects were made public today at the Garuda Area Police Office in Rautahat district after presenting them before the District Court which remanded them in custody. The victim, who hailed from Pothiyahi in Garuda Municipality, was residing at Junglesahiya-4 of Gajura Municipality in the district before being abducted by three neighbouring youths in the midnight of May 7. From there, the kidnappers took the minor to Sarlahi, Parsa district and then to Mainatar in Bihar of India. They held their prey captive in those locations for two months and repeatedly gang-raped her, according to police. The victim’s father lodged an FIR (First Incident Report) against Balistar Chaudhary (36), Dharmendra Chaudhary (24) and Jiyalal Chaudhary (19) for their involvement in disappearing his daughter. Chaturbhuj Ojha, Police Inspector at the Garuda Area Police Office, said, “In coordination with CIB (Central Investigation Bureau of Nepal Police) and Parsa Police, we were able to rescue the victim from Birgunj Metropolitan City-8 on July 13.” After preliminary investigation, the victim identified the suspects. Subsequently, police arrested Balistar from Kalaiya in Bara district and two others from Gajura Municipality. Meanwhile, police are preparing to file a charge sheet under rape, abduction and hostage-taking of Muluki Ain/Civil Code against them, Ojha shared. बालिकालाई दुई महिनासम्म बन्धक बनाएर सामूहिक बलात्कार गर्ने ३ जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। रौतहटको गुजरा नगरपालिका ४ की १३ बर्षीया बालिकालाई अपहरण गरी साढे दुई महिना भन्दा बढी समय बन्धक बनाएर पटक पटक सामूहिक बलात्कार गरेको अभियोगमा गुजरा ४ जंगलसैयाका ३६ बर्षीय बालिष्टर चौधरी, २४ बर्षीय धर्मेन्द्रकुमार चौधरी र १९ बर्षीय जियालाल चौधरीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चर्तुभुज ओझाले जानकारी दिए। उनीहरुले बालिकालाई वैशाख २४ गते राति साढे १२ बजे घरमा सुतिरहेको अवस्थामा अपहरण गरेका थिए। सर्लाही, पर्सा र भारतको विहार राज्यस्थित मैनाटारसम्म पुर्याएर पटक पटक बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन्। उनलाई प्रहरीले पर्साको एक गाउँबाट उद्दार गरेको थियो। यसरी भयो घटना राति अपहरणमा परेपछि वैशाख २५ गते विहान परिवारले छोरीको खोजविन सुरु गरेको थियो। सुतेको कोठामा छोरी खोज्न जाँदा ओछ्यानमा नभेटिपछि पिताले उपचार गर्न प्रायः घरमा आइरहने वलिष्टरलाई छोरीको खोजविन गरिदिन आग्रह गरे। प्रहरीका अनुसार उनी नै घटनाका मुख्य अभियुक्त हुन्। पिताको आग्रहपछि बालिष्टरले, ‘चिन्ता नगर तिम्रो छोरीलाई भोलिसम्म ल्याइदिन्छु, कसैलाई पनि नभन’ भनेर जवाफ दिए। यस्तो जवाफपछि पिता एक दिन छोरी फर्किने आशमा बसे। तर, छोरी नफर्किएपछि भोलिपल्ट पुनः सोध्न जाँदा बलिष्टरले उल्टै मार्ने धम्की दिए। उनको धम्कीपछि न्याय माग्न बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिए। गाउँमा मेडिकल थापेर सामान्य उपचार गर्ने बालिष्टरले छोरी विरामी परेको बेला घरमा उपचार गर्नको लागि आएको बताउँदै पीडितका वुवाले भने, ‘छोरीलाई त्यही दिन अपहरण गर्ने उनले योजना बनाएका रहेछन्। राति सुतिरहेकै अवस्थामा छोरीलाई घरबाट उठाएर अपहरण गरी लगे। अपराधीहरुलाई हदैसम्म कारवाहीका लागि इप्रका गरुडामा उजुरी दिए। डाक्टरलाई भगवानको रुपमा हेरिन्छ तर डाक्टरको रुपमा परिचित यी दानवले मेरो छोरीको भविष्य बर्बाद गरे। यिनीहरुलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ।’ अभियुक्तविरुद्ध प्रहरीमा उजुरी दिएपछि आरोपीहरुले उच्च अदालतमा निशेधाज्ञा समेत जारी गरी अनुसन्धान प्रक्रियामा बाधा पुर्याएको थियो। प्रहरी निरीक्षक ओझाले बालिका अपहरण गरी लगेको उजुरी आएपछि वालिष्टरका पिता रामइश्वर चौधरीलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया सुरु गरेपछि प्रहरी अपहरणकारीसमक्ष पुगेको बताए। घटनाको विषयमा अनुसन्धान गर्दै जाँदा प्रहरीले बालिकालाई पर्सा जिल्लाको एक गाउँवाट सकुशल रुपमा अपहरण मुक्त गराएको छ भने तीनै अभियुक्तलाई पक्राउ गरेको छ। अभियुक्तलाई जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय गरुडाले मंगलवार सार्वजनिक गरेको छ। बालिकालाई उद्दार गराउन प्रहरीले प्रविधीको प्रयोग गरेर खोजतलासमा सिआइबी र पर्सा प्रहरीको टोली परिचालन भएको थियो। दुबै टोलीको सक्रियतामा असार २७ गते वीरगञ्ज महानगरपालिका ८ बाट बेवारिसे अवस्थामा बालिकालाई उद्दार गरिएको हो। उद्दार भएकी पीडित बालिकासंग प्रहरीले अनुसन्धान एवं सोधपुछ गर्दा उनीहरुको नाम बताएपछि प्रहरीले असार २९ गते बालिष्टरलाई बाराको कलैयाबाट, चौधरी र महतोलाई गरुडाबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक ओझाले बताए। उनका अनुसार तिनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक, जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अगाडि बढाइएको छ। Update....................................... बालिकालाई अपहरण गरि बन्धक बनाएर यौन शोषण गरेको आरोपमा तीनजना प्रहरी नियन्त्रणमा कक्षा ८ मा पढ्ने एक बालिकालाई अपहरण गरी, बन्धक बनेर दुई महिनासम्म जवरजस्ती यौन शोषण गरेको आरोपमा तीनजना युवकलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडाले मंगलबार सार्वजनिक गरेको छ. इलाका प्रहरी कार्यालय, गरुडामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक चतुभुर्ज ओझाले तीनजना अभियुक्तलाई सार्वजनिक गरेका छन्.
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Sexual minority group or organization
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Mahottari , Local Newspaper - Bara , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments