Incident Reports

Chand smeared black soot to government officials

2018-07-18

Sudurpashchim, Doti, Shikhar

Cadres of Nepal Communist Party (NCP) led by Netra Bikram Chand (Biplav) have manhandled and smeared black soot to government officials working in Agriculture unit at Shikhar Rural Municipality. They have accused the victim of corruption. यहाँको शिखर नगरपालिकास्थित कृषि इकाईमा कार्यरत बागवानी अधिकृत कृष्णदत्त पाण्डेलाई मोसो दलिएको छ । नेत्रविक्रम चन्द नेतृत्तवको नेपाल कम्युनिस्ट पार्टीसम्वद्ध जनपरिषद्का कार्यकर्ताले बुधबार बिहान कार्यालय समयमा पाण्डेलाई मोसो दलेका हुन् । पाण्डेले बीऊ, मल र कृषि सामाग्रीमा भ्रष्टाचार गरेको भन्दै चार–पाँच जनाको समुहमा रहेको एक समुहले पाण्डेको कार्यकक्षमै पसेर मोसो दलिएको हो । घटनापछि जनपरिषद्का कार्यकर्ताले छोडेको पर्चामा मिक्स बीऊ तरकारी ७५ हजारमा खरिद गरेर तीन लाखको भरपाई बनाएको आरोप लगाइएको छ । त्यसैगरी भटमास र युरिया १ लाख बराबरको ल्याएर कृषकहरुलाई वितरण नगरेको अर्को आरोप पनि लगाइएको छ । किसानलाई अनुदानमा दिनुपर्ने बीउ बिजन पनि आधा वितरण गरेको, एक करोड २० लाख रकममा ३५ लाख मात्रै काम गरेको र अरु रकम पनि हिनामिना गरेको बताइएको छ । मोसो लगाउने व्यक्तिहरुको नाम, ठेगाना भने खुलेको छैन । पाण्डेले भने कुनै किसिमको अनियमितता नगरेको बताएका छन् । सबै काम नियमसंगत र नगरमा आएको कोटा अनुसार गरेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments