Incident Reports

Demonstration in Pokhara in support of Dr. KC

2018-07-22

Gandaki, Kaski, Pokhara Lekhnath

Civil society, health sectors, entrepreneurs, students and citizens demonstrated in Pokhara in support of Dr. Govinda KC. The rally started from Prithvi Chowk and ended in Shrijana Chowk. They chanted slogans against the current government. They have threatened to continue the rally until their demands are fulfilled. स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा पोखरामा शनिबार दवाव र्‍याली निकालिएको छ। नागरिक समाज, व्यापारी, स्वास्थ्य क्षेत्रका पदाधिकारी, विद्यार्थी, सर्वसाधारण सहभागि र्‍यालीले केसीको माग पुरा गर्न सरकारलाई दवाव दिएको थियो। मध्यान्ह पृथ्वीचोकबाट सुरु भएर सिर्जनाचोक घुमेर पुन पृथ्वीचोक फर्केको र्‍यालीले केसीका माग पुरा नहुँदासम्म दवाव दिन नछाड्ने बताएको छ। केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै सहभागिले सरकारका विरुद्ध नारावाजी गरेका थिए । केसीको माग जतिसक्दो छिटो पुरा गरेर उनको जीवन रक्षा गर्न समेत उनीहरुले दवाव दिएका थिए। सरकारले केसीको स्वाथ्यप्रति खेलवाड गरेको भन्दै उनीहरु आक्रोशित भएका थिए । सरकार माफियाको जालमा परेर केसीको माग तुहाउने प्रयास गरेको उनीहरुको आरोप थियो। र्‍यालीपछिको कोणसभामा बोल्दै नागरिक समाजका अगुवा सुनील पाण्डेले सरकारले केसीका माग पुरा नगरेसम्म आफुहरुले दवाव दिन नछाड्ने बताए। ‘यो व्यक्तिको मात्र माग होइन। समग्र स्वास्थ्य क्षेत्रमा सुधारका लागि केसी लागिपरेका हुन,’ उनले भने, ‘तर, सरकारले कान नसुने झैं गरेको छ।’ अर्का वक्ता डा. बसन्त गौतमले सरकारले स्वास्थ्य क्षेत्र सुधार्न खोज्नुको साटो सुधारको माग राख्नेलाई समेत हतोत्साही बनाउन खोजेको बताए । उनले नागरिकका साना मसिना समस्या समाधान गर्न छाडेर ठूला सपना सरकारले बाँडेको बताए । ‘नागरिकले फोहर पानी पिउन बाध्य भएका छन् । तर, प्रधानमन्त्री रेलमा मिनरल वाटर बेच्ने भनेर भाषण गरिरहेका छन,’ उनले भने, ‘यसैले बुझाउँछ, सरकारको काम गराई शैली कस्तो छ भनेर।’ अर्का अभियन्ता सिरोज कोइरालाले सरकारले केसीका माग सुनुवाई गर्न बेवास्ता गरेकोले दवाव दिनका लागि सहभागिता जनाएको बताए । उनले सरकारको कामगराई शैलीले जनताले राहत नभई आहत पाउने बताए । ‘केसीका मागलाई पुरा गर्न सरकारले वेवस्ता गरेको छ,’ उनले भने, ‘जनस्वास्थ्यमा खेलवाड नगर भन्दा पनि माफियाको पछि लागेर अघि बढिरहेको छ ।’ सहभागिहरुले केसीका माग जतिसक्दो पुरा गर्न दवाव दिएका थिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments