Incident Reports

Arrested on charge of human trafficking

2018-07-23

Police have arrested 45 years old Gyanu lama of Hetauda sub-metropolis-18, Meera Tamang,42 of Phulpingdada-5 and 37 years old Ratna Lama of Kapan-6 Kathmandu from Hetauda on July 23 on charge of attempting to traffick 41 years old woman in Iraq via India. The victim was lured for a better job and police said that 30 years old Dolma lama of Gokarneshwor Municipality-5, Kathmandu is the master mind behind the incident. The victim was handed over to the family by the police on July 17. She was ging to Iraq with cash Rs 50,000 via India. The victim lodged complaint at women and children office under DPO on July 19. ४१ वर्षीया महिलालाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै इराक लैजाने लागेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१८ की ४५ वर्षीया ज्ञानु लामा, सिन्धुपाल्चोक जिल्ला फुल्पिङडाडा-५ की ४२ वर्षीय मीरा तामाङ र काठमाडौँ जिल्ला कपन-६ का ३७ वर्षीय रत्न लामालाई साउन ६ गते बेलुका हेटौडा उपमहानगरपालिका-७ कमानेबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई ललाइफकाई गरेर भारत हुँदै विदेशमा लगेर विक्री गर्न खोजेको आरोपमा प्रहरीले उक्त घटनाको मुख्य योजनाकार काठमाडौँ जिल्ला गोकर्णेश्वर नपा-५ की ३० वर्षीया डोल्मा लामालाई साउन ४ गते नै काठमाडौँमा गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका लामालाई हेटौँडा ल्याएर म्याद थप गरेर अनुसन्धान गर्ने क्रममा लामाले उक्त घटनामा ज्ञानु, मिरा र रत्न लामा पनि सङ्लग्न रहेको बयान दिएपछि प्रहरीले थप तीन जनालाई गिरफ्तार गरेको हो । आरोपित उनीहरुलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले ६ दिनको म्याद थप गरेको छ । महिलालाई इराकमा जागिर लगाइदिन्छु भनेर ललाइफकाई गरेर ०७५ असार ३१ गते भैरहवा हुँदै भारततर्फलगिरहेको अवस्थामा एक गैरसरकारी संस्थाले फेला पारेर उक्त संस्था र प्रहरीले महिलालाई हेटौँडा ल्याएर साउन १ गते अभिभावकको जिम्मा लगाएको थियो । डोल्माले ५५ हजार रुपियाँ लिएर भारतको दिल्ली हुँदै इराक पठाउन लागेकी थिइन् । भैरहवाबाट घर फर्काइएकी पीडित महिलाले जिल्ला प्रहरी कार्यालय हेटौँडामा ०७५ साउन ३ गते उजुरी दिएकी थिइन् ।

0 Comments