Incident Reports

पत्रकारलाई कुटपिट गरेको आरोपमा सेनाका जवानविरूद्घ प्रहरीमा उजुरी

2018-07-22

Madhes, Siraha, Lahan

लहान नपा-२२ का ३२ वर्षीय पत्रकार गोपाल गुप्ताले २५ वर्षीय नेपाली सेनाका जवान विजय गुरूङले साउन ६ गते कुटपिट गरेको भन्दै उनीविरूद्घ ७ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । लहान नपा-१ स्थित सहीद चोकको निलम ग्लास हाउस अगाडि साथीसँग कुराकानी गरिरहेको अवस्थामा मादक पदार्थ सेवन गरेका गुरूङले बिना कारण मुक्का र हेल्मेटले कुटपिट गरेको पीडितले बताए । तनहुँ घर भई उदयपुरको भुल्के-१८ बाहिनीमा कार्यरत सेनाका जवानले पत्रकारलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए । आर्मीहरूको लागि बलात्कार र कर्तव्य ज्यान मुद्दामा बाहेक सबै कारबाही नेपाली सेनाभित्रै प्रक्रिया अनुरूप हुने भएकोले आरोपितको लहान आर्मी क्याम्पमा मापसे परीक्षण गरी राति नै बुझाएको डिएसपी थापाले जानकारी दिए । नेपाल पत्रकार महासङ्घ सिरहाका सदस्य तथा नवसङग्राम दैनिकका पत्रकार गुप्ताले आफूमाथि अन्धाधुन्ध कुटपिट भएपछि नजिकै ड्युटीमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोग लिएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Army
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments