Incident Reports

Setopati: Hospital padlocked after the death of the patient

2018-07-25

Lumbini, Dang, Tulsipur

There was an agreement of giving NRs. 5,00,000 to the family of Late Kewal Basnet, who lost his life because of the carelessness of the hospital. The family had initially demanded a sum of NRs. 60 Lakh. The family even padlocked and hurled stones Dang's Tulsipur City Hospital, accusing that Kewal lost his life because of the negligence of the hospital. The family members said that Kewal sustained minor injuries after the accident and hospital didn't treat him till late at night. डाक्टरको लापरबाहीले गर्दा उपचारका क्रममा मृत्यु भएका भनिएका ३७ बर्षीय केवल बस्नेतको परिवारलाई ५ लाख रुपैंया दिने सहमति भएको छ। बुधबार बिहानैदेखि भएको छलफलका क्रममा सुरूमा मृतकका आफन्तले ६० लाख क्षतिपूर्ति मागेको भए पनि ५ लाखमा कुरा मिलेको जानकारी दिइएको छ। डाक्टरको लापरवाहीले गर्दा घाइतेको उपचारको क्रममा मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले दाङ तुलसीपुरस्थित तुलसीपुर सिटी हस्पिटल प्रालिमा तालाबन्दी गर्नुका साथै ढुङ्गा मुडा गरेर तोडफोड समेत गरिदिएका थिए। मंगलबार बेलुकादेखि बन्द रहेको हस्पिटल बुधवार दिनभर पनि संचालनमा आउन सकेन। दाङको बबई गाउँपालिका वडा नं. ७ निवासी ३७ बर्षीय केवल बस्नेत दुर्घटनामा परि सामान्य घाइते भएको र सामान्य अवस्थामा रहेकै समयमा उनलाई आफन्तले हस्पिटल पुर्‍याएको भए पनि डाक्टरले बेलुकासम्म कुनै औषधी नगरेको आफन्तको आरोप छ। बिहान ११ बजे हस्पिटल पुर्‍याइएका बस्नेतको मंगलबार बेलुका साढे ४ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। बस्नेतलाई मंगलबार बिहान करिब १० बजेतिर बस्नेत सवार रा १ प ६४९० नम्वरको मोटरसाईकललाई बबई गाउँपालिका वडा नं. ७ चरकमटिया भन्ने स्थानमा भे १ त ६०९१ नम्ववरको ट्रेक्टरले ठक्कर दिएको थियो। दुर्घटना पछि सामान्य अवस्थामा बस्नेतलाई आफन्तले बिहान ११ बजेतिर तुलसी सिटी हस्पिटलमा पुर्‍याएका थिए। तर डाक्टरले कुनै उपचार नगरेको तथा अन्त लैजान्छौं भन्दा रेफर नदिएकाले उनको ज्यान गएको एकजना आफन्ती दवकला बस्नेतले सेतोपाटीलाई बताइन्। ‘बिरामीलाई सलाईन र एउटा औषधीसमेत नदिएर राखिएको तथा अन्त लैजान समेत नदिएपछि घाइतेको मृत्यु भएको हो,’ उनको आरोप थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments