Incident Reports

Youth arrested on forced abortion charges

2018-08-05

Police have arrested 20 years old Sanjaya Das of Kanchanrup Municipality-9 on charge of aborting 17 years old pregnant girl. The accused have been controlled for the investigation according to DSP Bhabesh Rimal of DPO. The victim said that she was lured for marriage and was taken to one private hospital for abortion. According to the police, the accused said that the abortion was done in an agreement of marrying later. १७ वर्षीया बालिकाको गर्भपतन गराएको आरोपमा प्रहरीले कञ्चनरूप नपा–९ रघुनाथपुरका २० वर्षीय सञ्जय सरदारलाई साउन २० गते गिरफ्तार गरेको छ । आरोपितलाई नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणलगायतका आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । पाँच महिनाकी गर्भवती बालिकासँग काठमाडौँ गएर विवाह गर्ने बहानामा गाउँ बाहिर सप्तरीकै कल्याणपुरस्थित एक निजी अस्पतालमा लगेर ‘जबरजस्ती गर्भपतन’ गराएको पीडित बालिकाले बताइन् । गर्भपतन गराएपछि रक्तश्राव नरोकिँदा उनको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भएको छ । आरोपितले पछि विवाह गर्ने शर्तमा आपसी सहमति गरेर नै गर्भपतन गराएको बताए । आरोपितका अनुसार पछि विवाह गर्ने सुनिश्चितताका लागि हाल आफ्नो परिवारको नाममा रहेको जम्मा एक कठ्ठा जग्गा उनको नाममा रजिष्ट्रेशन गर्ने शर्त नमानेकै कारण ‘प्रेमिका’ले उजुरी गरेको बताए ।

0 Comments