Incident Reports

Former UML cadres padlocked party office in Birgunj

2018-08-14

Madhes, Parsa, Birgunj

Former UML members palocked the party office at Ramgadhawa Madannagar in Birgunj on Sep 14 due to dissatisfaction over various issues related to membership renewals, distribution of new membership and party unification. सदस्यता नविकरण, नयाँ सदस्य वितरण, पार्टी एकीकरण लगायतका विषयमा असन्तुष्टि जनाउँदै पूर्वएमाले नेताकार्यकर्ताहरुले वीरगञ्जको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्ला संयोजक प्रभु हजरालगायतको गतिविधि प्रति असन्तुष्टि जनाउँदै वीरगञ्ज रामगढवा मदननगर स्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । विकसित राजनैतिक घटनाक्रमसँग जनभावना अनुसार एमाले र माओवादी केन्द्र बीचको एकीकरण पश्चात नेता कार्यकर्ता एवंम आम जनतामा उत्साह बढिरहेको अवस्थामा नेतृत्वको गतिविधिले भने पार्टीमा नकारात्मक प्रभाव परेको उनीहरुको भनाइ छ । पार्टी एकीकरणलाई जिल्लास्तरमा मूर्तरुप दिने समयमा जिल्ला तहमा विषयगत बहस छलफल आवश्यक देखिँदासमेत स्थानीय नेतृत्व गम्भीर नदेखिएको, जिल्लामा हुनुपर्ने, देखिनुपर्ने सांगठनिक राजनैतिक गतिविधि, भेटघाट, बैठकसमेत नहुँदा राजनैतिक, साँगठनिक रुपमा पार्टीमा अस्तव्यस्तता देखिएको, नेतृत्वको गतिविधिले पार्टी एकीकरणबाट उत्साहित नेताकार्यकर्तासमेत निराश हुन थालेको, पार्टी संगठिनत सदस्य नविकरण, नयाँ सदस्यता वितरण गर्दासमेत छलफल नगरी नेतृत्वको एकल निर्णयबाट सिफारिस गरेर नामावली पठाएको आरोप उनीहरुले लगाएका छन् । नेतृत्वको मनोमानी बढेकोले विरोधमा उत्रनु परेको एमालेका एक नेता धिरज चौरसियाले बताए । ‘पार्टीको साधारण सदस्य समेत नरहेका व्यक्तिलाई पूर्व माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेको भनी नमावाली तयार गरी पेश गरिएको रहेछ, यसले जिल्लामा नेता कार्यकर्तामा नकारात्मक सन्देश प्रवाह भइरहेको छ । जिल्लाको राजनैतिक साँगठनिक अवस्थामा संकटमा पुग्ने अवस्थामा पुगेकोले अबिलम्ब पूर्वएमाले जिल्ला कमिटी बैठक बोलाई आवश्यक छलफल गर्न हामीले माग गरेका हौं ।’ पूर्व एमालेका नेता चौरसियाले भनेे, ‘तर नेतृत्व गम्भीर देखिएन, छलफलका लागि अग्रसर भएन त्यसैले पार्टी कार्यालयमा तालाबन्दी गरेका हौं ।’ पार्टी राजनैतिक साँगठनिक अवस्थामा संकटमा पुग्ने अवस्थामा पुगेकोले बिलम्ब पूर्व एमाले जिल्ला कमिटि बैठक बोलाई आवश्यक छलफल गर्न हामीले माग गर्दा नेतृत्वले वेवास्ता गरेकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको पूर्व एमाले कार्यकर्ता अशोक गुप्ताको भनाइ छ । कार्यालयमा तालाबन्दी गर्न पूर्वसांसदहरु राजकुमार गुप्ता, जयप्रकाश थारु, विचारी यादव, प्रधुम्न चौहान, नेता मनोज चौधरी, नवराज शर्मा सर्मथित नेता कार्यकर्ताहरु मदननगरस्थित पार्टी कार्यालयमा पुगेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Parsa

0 Comments