Incident Reports

Locals picketed police office

2018-08-19

The locals of Tilotamma has picketed the area police office after the police refuse to file a death complain. A woman named Namuna Lamsal of Tilottama was found death on 13th of August. Her maternal family went to the police station asking them to investigate the case because they suspect that she might have been murder rather than suicide. The deceased father claimed that Namuna's husband used to give her physical and mental torture. Police have said that they will investigate the case. रुपन्देहीको तिलोत्तमामा गत साउन २८ गते भएको महिलाको मृत्यु रहस्यमय बनेको छ । साउन २८ गते तिलोत्तमा १५ कोटीहवामा आफ्नै घरको पंखामा झुण्डिएको अवस्थामा प्रहरीले २४ बर्षकी नमुना लम्सालको शव फेला पारेको थियो । घटनाको अर्काे दिन २९ गते नमुनाका माइती पक्षले मृत्यु शंकास्पद भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिए । तर प्रहरीले नमुनाका बुबा सैनामैना नगरपालिका गोविन्दप्रसाद लम्सालको जाहेरी दर्ता गर्न मानेन । घटनाबारे प्रहरीले चासो नै नदिएको भन्दै आइतबार करिब २ सयको संख्यामा मृतकका आफन्तजन र माइतीपक्ष इलाका प्रहरी कार्यालय बुटवल घेराउ गर्न पुगेका थिए । नमुनाको विहे गत साल माघ २४ गते तिलोत्तमा कोटीहवाका धिरज घिमिरे -धुर्ब) संग भएको थियो । उनको पाठेघरको अपरेसन भएकाले राम्रोसँग हिँडडुल गर्न पनि सक्दिनथिन् । ‘छोरी माइतबाट फर्केको ८ दिनका दिन यस्तो घटना भयो, नानुले श्रीमान्ले जबर्जस्ती यौन उत्पीडन दिने,हिंसा गर्ने गरेको सुनाउथिन्,सायद कारण यही होला’ बाबु गोविन्दप्रसाद लम्सालले भने । उनले घटनास्थल प्रकृति मुचुल्का र शवको जाँच प्रकृति मुचुल्का र पोस्टमार्टम रिर्पोट हेर्न पाउने माग गरे । ‘प्रहरीले किटानी जाहेरी दर्ता गरोस् अनि सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरोस् लम्सालले भने । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले घटनाबारे सुुक्ष्म अनुसन्धान भएको र नमुनाका आफन्तजनलाई २ दिनको म्याद दिएको बताए । ‘घटनाप्रति हामी पनि गम्भिर छौं तर आत्महत्या भएको अवस्थामा नै प्रहरीले उनको शब फेला पारेर मुचुल्का उठाएको छ’ उनले भने ”मृतकका बुबाले किटानी दिनुभएको छ,यदि ज्यान मुद्दा नै भए हामीले नै सुक्ष्म अनुसन्धान गरी कारबाही गर्छौं ।’ प्रहरीले घटना दर्ता गर्नका लागि २ दिनको म्याद दिएपछि नमुनाका आफन्तजनले केहीबेर नाराबाजी गरेर घर फर्किएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments