Incident Reports

Police fire teargas shells to contain agitated locals demanding justice for Nirmala

2018-08-21

Agitating locals have enforced shutdown in Bhimduttanagar Bazaar today, protesting police’s failure to reveal facts behind the murder of 13-year-old Nirmala Panta of Kanchanpur’s Bhimdatta Municipality. Organising a press conference on Monday, the District Police Office had made public Dilip Singh Bista (41), of Baghphanta, Bhimdatta Municipality-19 as Nirmala’s murderer. According to Deputy Superintendent of Police (DSP) Gyan Bahadur Seethi at the District Police Office, locals have shut down the market area stating that police were not being able to make public the true murderer(s). They are not convinced by the findings of police citing that Bista was mentally unsound, the DSP added. The agitators including various civil society organisations and human rights defenders have been picketing the District Administration Office and staging rally on the street mounting pressure on the police to reveal the facts behind the heinous crime. Police have further extended the investigation, DSP Sethi informed. Meanwhile, it had been learnt that police have fired rounds of teargas shells to contain the agitated mob. Nirmala was found dead in a sugarcane field on July 27, a day after she had gone to her friend’s home to get a notebook. बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभएको र घटना लुकाउन खोजिएको भन्दै महेन्द्रनगर बजार बन्द गरिएको छ। निर्मला पन्तको बालात्कार र हत्या घटनालाई ढाकछोप गर्न मानसिक अवस्था ठिक नभएको युवकलाई अपराधी बनाएर प्रहरीले सार्वजनिक गरेको आरोप स्थानीयवासी र अधिकारकर्मीहरूले लगाएका छन्। आन्दोलनरत महिला अधिकारकर्मी, महेन्द्रनगर बजारका व्यापारीलगायत सबैले बिहानैदेखि बजार बन्द गराएका छन्। उनीहरूले प्रहरी प्रशासनविरुद्ध नारावाजी गरिरहेका छन्। आन्दोलनमा उत्रिएको समूहले यातायात समेत बन्द गराएको छ। स्कुल कलेजका विद्यार्थी समेत आन्दोलनमा उत्रिएका छन्। बालिका निर्मला पन्तका हत्या अभियुक्त सार्वजनिक भेनाजुका हत्यारा थिए ‘बलात्कारपछि निर्मलाको ज्यान लिने’ दिलिपसिंह २६ औं दिनसम्म अनुसन्धानमा कुनै सफलता नभइ रहेको अभिव्यक्ति दिने प्रहरीले अन्तिम समयमा आएर मानसिक स्वास्थ्य ठिक नभएका मानिसलाई अपराधी बनाएर वास्तविक अपराधी छुटाउन खोजेको स्थानीयले आरोप लगाएका छन्। निर्मलाका हत्यारालाई कारबाही माग गर्दै आन्दोलनमा उत्रिएका महिला अधिकारकर्मीले समेत प्रहरीले घटनाको मुख्य दोषीलाई उम्काउन मानसिक रूपले ठीक नभएको मानिसलाई अभियुक्त बनाई सार्वजनिक गरेको आरोप लगाएका छन्। ‘पक्राउ गरेका अभियुक्तका नाममा किटानी जाहेरी दिन मलाई प्रहरीले दबाब दियो’, मृतक बालिकाका बुवा यज्ञराज पन्तले भने, ‘हाम्रो परिवारसमेत जुन अभियुक्त सार्वजनिक गरिएको छ, त्यसमा विश्वस्त छैनौं।’ उनले छोरीको हत्या गर्ने वास्तविक अपराधी प्रहरीले पक्राउ गर्नुपर्ने बताए। अधिकारकर्मीहरूले प्रशासनअघि रिले अनशन समेत यथावत राखेका छन्। स्थानीय व्यापारी लगायत सबै आन्दोलनमा उत्रिएपछि बजारको अवस्था तनावग्रस्त बनेको छ। प्रहरीले बालिकाको हत्या भएको २६ औं दिनमा भीमदत नगरपालिका १९ बागफाटाका ४१ वर्षिय दिलीप सिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको हो। प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न रहेको भन्दै भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको छ। दिलीपका दाजु खड्गसिंह विष्टले भने मानसिक रूपमा ठीक नरहेका आफ्नो भाइलाई हत्यारा बनाई घटनाका मुख्य दोषी उम्काउन खोजेको आरोप लगाएका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान दक्रममा निर्मलाको हत्या दिलीपसिंह विष्टले नै गरेको निष्कर्ष निकालेपछि सोमबार पत्रकार सम्मेलनमार्फत अभियुक्तलाई सार्वजनिक गरिएको हो। साउन १० गते साथीको घर पढ्न गएकी निर्मलाको साइकलमा फर्किने क्रममा बीच बाटोमा चेन फुत्केको र चेन लगाइदिने भन्दै नजिकैको उखुबारीमा लगेर पक्राउ परेका अभियुक्तले बलात्कार गरेको निष्कर्ष प्रहरीको छ। प्रहरीले दिलीपलाई आइतबार बेलुकी नै पक्राउ गरिसके पनि घरपरिवारलाई भने सोमबार बिहान मात्र अनुसन्धानका क्रममा पक्राउ गर्नुपर्ने भन्दै पक्राउ पुर्जीमा हस्ताक्षर गर्न लगाएको थियो। साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मला अर्काेदिन भीमदत्त नगरपालिकाको वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पूर्व–उत्तरतर्फको उखुबारीमा फेला परेको थियो। बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिलीपसिंह विष्टलाई सोमबार नै प्रहरीले जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट १० दिनको म्याद थप गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments