Incident Reports

Attempted murder, accused arrested

2018-08-21

Province 1, Morang, Biratnagar, Ward 11

Police have arrested 45 years old Dilip Sahani of Siraha Golbazar on August 21 on charge of attempted to kill his wife and daughter by attacking them with Khuluri. He attacked his wife and daughter after his wife denied coming with him from the paternal house according to police. The victim Punam Sahani,45 sustained deep cut on her left cheek and 20 years old daughter sustained head injury according to family source of the victim. The accused was arrested for the investigation according to SP Manoj KC of District Police Office of Siraha. Both victims are undergoing treatment at Koshi Zonal Hospital in Biratnagar. विराटनगर महानगरपालिका ११ मा एक व्यक्तिले मंगलबार विहान पत्नी र झड्केली छोरीको हत्या प्रयास गरेका छन् । ४२ वर्षीय दिलिप सहनीले ससुरालीमा पुगेर पत्नी ३७ वर्षीया पुनम सहनी र झड्केली छोरी मनिताको हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते दुवैजनाको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरुको अनुहार, टाउको र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सिरहाको गोलबजारमा बस्दै आएका दिलिपले विराटनगर आएपछि मंगलबार विहान ९ बजे दुवैजनालाई नियन्त्रणमा लिएर खुकुरीले हानी हत्याको प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले बताए । पुनम दिलिपकी कान्छी पत्नी हुन् । प्रहरीका अनुसार चार वर्षअघि पति प्रविण सहनीको मृत्यु भएपछि उनी विराटनगर–११ स्थित माइतमै बस्दै आएकी थिइन । पुनमले दिलिपसँग सात महिना अघि मात्रै दोस्रो विवाह गरेकी थिइन् । पुनमका पहिलो पति प्रविणतर्फका चार छोरी र दुई छोरा गरेर छ सन्तान छन् । प्रहरीका अनुसार तीन छोरीको विवाह भइसकेको तथा एक छोरी र दुई छोरा भने मामलीघरमा पुनमसँगै बस्दै आएका थिए । आमाले विवाह गरे पनि विवाह नभएका छोरा छोरी भने मामलीमै बसिरहेका थिए । खुकुरी प्रहारबाट घाइते भएकी मनिता पुनमकी प्रविणतर्फकी छोरी हुन् । परिवारका अनुसार दिलिपको भने पुनमसँगको विवाह तेस्रो हो । यस अघि विवाह गरेका दुई पत्नीले छाडेर गएपछि उनले सात महिना अघि पुनमसँग तेस्रो विवाह गरेको स्थानीय सुनिल सहनीले बताए । ‘दिलिपले यस अघि विवाह गरेका पत्नीलाई पनि धेरै यातना दिने गरेका कारण बस्न नसकेर उनीहरुले छाडेको पाइयो,’ उनले भने, ‘तेस्रो विवाह गरेर भित्राएकी पत्नी र अर्को श्रीमानतर्फकी छोरीलाई पनि खुकुरी हानेर यो हालत बनाइदिएछन् ।’ सुनिलले घटना थाहा पाएर छुट्याउनका लागि स्थानीय बासिन्दा नपुगेको भए दुई जनाको हत्या गर्ने उदेश्यले घटना गराएको बताए । ससुराली घरमै आएर दिलिपले खुकुरी हान्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका थिए । दिदी र भान्जीलाई काट्दै गरेको देखेर छुट्याउनका लागि पुगेका दिलिपका सालो २७ वर्षीय सन्दिप सहनीको पनि हातमा खुकुरीको चोट लागेको छ । विवाह गरेपछि पुनमलाई सिरहा लिएर गएका दिलिपले त्यहाँ पनि धेरै कुटपिट गर्ने गरेको खुलेको डिएसपी थापाले बताए । उनका अनुसार सिरहामा पनि पटक पटक कुटपिट र यातना दिन थालेपछि सहन नसकेर पुनम दुई साता अघि विराटनगर स्थित माइतमै आएर बसेकी थिइन । ‘धेरै पटक डोरीले बाँधेर म माथि कुटपिट गर्ने काम भयो । एक पटक त मारिदिन्छु भनेर डोरीले बाँध्न थालेपछि हारगुहार गरेर छिमेकीको सहयोग लिंदै भाग्न सफल भए,’ पुनमले भनिन्, ‘त्यसपछि विराटनगर आएर माइतमै बस्न थालेकी थिएँ । उनलाई छाडेर माइतमा बस्दा पनि धर पाइँन ।’ उनले विनाकारण मादक पदार्थ पिएर घर आएपछि कुटपिट गर्ने गरेकोे बताइन । माइतमा आएर बसेपछि धेरै पटक फोन गरेर गोलबजार नआए विराटनगरमै आएर मारिदिने धम्की पनि दिएको उनको भनाइ छ । पुनमले पतिबाट आफू असुरक्षित रहेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा एक साता अघि निवेदन पनि दिएकी थिइन् । डिएसपी थापाले यस अघि सिरहामा घटना भएका कारण मोरङ प्रहरीको कार्यक्षेत्र भित्र नपर्नाले अनुसन्धान गर्न नपाइएको बताए । उनले पतिले धम्की दिने गरेको भनेर प्रहरी कार्यालयमा परेको निवेदनबारे राम्ररी अध्ययन गर्न नपाइ अचानक घटना भएको जानकारी दिए । घटनामा संलग्न दिलिपलाई भाग्न खोज्दै गर्दा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका छन् । प्रहरीले घटनाबारेमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 1
Severely damaged Buildings 00
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Dhanusha

0 Comments