Incident Reports

Social activist on the road for 7 days

2018-08-21

Lumbini, Rupandehi, Butwal

The social governors of province 5 have continued protest demonstrations even till the seventh day against the job scratch. They have been struggling for a week since there is no consensus about their demands in the 5 days ultimatum given to the state government. The protest rally started with the play card from Butwal's bus park and reached the Chief Minister's Office. सरकारले जागिर खोसेको विरोधमा सडकमा उत्रेका प्रदेश ५ का सामाजिक परिचालकहरुको सातौं दिनसम्म पनि विरोध प्रदर्शनलाई जारी राखेका छन् । प्रदेश सरकारलाई दिएको ५ दिने अल्टिमेटममा आफूहरुको मागको बारेमा कुनै सम्वोधन नभएपछि उनीहरुले एकहप्तादेखि सडक संघर्ष गरिरहेका छन् । प्रदेश ५ का १२ वटै जिल्लाका ७ सय १ जना सामाजिक परिचालकहरु साउन ३० गतेदेखि आन्दोलनमा उत्रिएका हुन् । उनीहरुको बिरोधसभालाई कांग्रेसकी प्रदेश सांसद निर्मला क्षेत्री र संघीय समाजवादी फोरमका प्रदेश संासद सन्तोषकुमार पाण्डेले सम्बोधन गर्दै माग पुरा गराउन आफूहरुले पहल गर्ने बताएका छन् । ‘तपाईंहरुका जायज माग सरकारले पूरा गर्नैपर्छ, हामी तपाईंहरुको साथमा छौं,सरकारले शान्तिपूर्ण आन्दोलनमा दमन गर्न पाउदैन’ सांसद पाण्डेले भने । नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नम्बर ५ ले विभिन्न माग सहित वुधबार बुटवलमा दिनहुँ विरोध र्‍याली निकाले पनि सरकारले उनीहरुको मागमा कुनै चासो दिएको छैन । बुटवलको बसपार्कबाट प्ले कार्डसहित शुरु भएको विरोध र्‍यालीले नगर परिक्रमा गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडिको निशेधित क्षेत्रसम्म पुगेर सडकमै बसेर विरोध जनाएका छन् । सो क्रममा मंगलबार प्रहरीले सामाजिक परिचालकहको आन्दोलनमा दमनको प्रयास गरेको थियो । ‘प्रहरीले हामीहरुले बोकेको ब्यानर खोसेर फालिदियो, हामीमाथि अपमान गर्‍यो’ आन्दोलनकी संयोजक कल्पना खनालले भनिन् । सरकारको सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायक पदमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताको आधारमा एक पटक उमेरको हद नलाग्ने गरी दरबन्दी सिर्जना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्न पर्ने संघकी प्रदेश ५ संयोजक रोमा क्षेत्रीको भनाइ छ । विगत ८/९ वर्षदेखि निरन्तर देशमा जनप्रतिनिधि नभएको समयमा जनप्रतिनिधको दायित्वबोध गर्दै काम गरेको तर अहिले जनप्रतिनिधि आएपछि सरकारले आफूहरुलाई दुख दिइएको उनीहरुको भनाइ छ । विरोध र्‍यालीमा गर्भवती महिलाहरुदेखि दुधेबालक बोकेर महिलाहरुले सहभागिता जनाइरहेका छन् । चर्काे घामका कारण उनीहरुले छाता ओढेर सडकमा बसेर शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments