Explaining re-arrest as illegal, the apex court has issued order to free Netra Bikram Chand-led Communist Party of Nepal (CPN) Spokesperson Khadga Bahadur Biswokarma ‘Prakanda’ from detension. A divisional bench of justice duo, Kedar Prasad Chalise and Purswottam Bhandari, on Thursday issued the order to release him on the presence of Supreme Court Registrar.
“Re-arrest cannot be considered legal as the law apparently does not permit the litigation process being based on the evidences presented so far”, reads the SC order.
Earlier, a single bench of justice, Iswor Khatiwada, had issued directive to produce Biswokarma before the apex court within 24 hours with reasons of arrest.
Demanding release of Bisworkarma from illegal detention, petitioner Birendra Biswokarma on Sunday had filed a writ.
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । दालतले थुनामुक्त गरेलगत्तै प्रहरीले उनलाई पुनः गिरफ्तार गरेको छ ।
न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भदौ ७ गते विश्वकर्मालाई सर्वोच्च अदालतको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको सञ्चारमाध्यामले जनाएका छन् ।
थुनामुक्त गर्ने आदेशमा भनिएको छ-“मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार र प्रमाणको आधारमा मुद्दा चलाउन कानूनले रोक लगाएको देखिदा पुनःपक्राउलाई कानूनसंगत मान्न मिल्दैन ।”
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले भदौ ४ गते विश्वकर्मालाई गिरफ्तार गर्नुका कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको थियो ।
गैरकानूनीरूपमा गिरफ्तार गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा भदौ ३ गते वीरेन्द्र विश्वकर्माले रिट निवेदन दायर गरेका थिए । विश्वकर्मालाई भदौ १ गते न्यायाधीशहरू चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेश आएकै दिन राति विश्वकर्मालाई प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।