Incident Reports

विश्वकर्मालाई थुनामुक्त गर्न आदेश, प्रहरीद्वारा पुनः गिरफ्तार

2018-08-23

Bagmati, Kathmandu, Kathmandu

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न आदेश जारी गरेको छ । दालतले थुनामुक्त गरेलगत्तै प्रहरीले उनलाई पुनः गिरफ्तार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भदौ ७ गते विश्वकर्मालाई सर्वोच्च अदालतको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको सञ्चारमाध्यामले जनाएका छन् । थुनामुक्त गर्ने आदेशमा भनिएको छ-“मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार र प्रमाणको आधारमा मुद्दा चलाउन कानूनले रोक लगाएको देखिदा पुनःपक्राउलाई कानूनसंगत मान्न मिल्दैन ।” न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले भदौ ४ गते विश्वकर्मालाई गिरफ्तार गर्नुका कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरेको थियो । गैरकानूनीरूपमा गिरफ्तार गरी थुनामा राखेको उल्लेख गर्दै थुनामुक्त गर्न सर्वोच्च अदालतमा भदौ ३ गते वीरेन्द्र विश्वकर्माले रिट निवेदन दायर गरेका थिए । विश्वकर्मालाई भदौ १ गते न्यायाधीशहरू चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेश आएकै दिन राति विश्वकर्मालाई प्रहरीले पुनः गिरफ्तार गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Others
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth noyouth
INSEC

0 Comments