Incident Reports

Chitwan women rally against rape incidents

2018-08-24

Bagmati, Chitawan, Bharatpur

Women in Chitwan rallied against growing incidents of sexual violence across the country on Friday. The rally was organised in Bharatpur city at the initiative of various women organisations working in the district. The rally participants also submitted copies of memorandum to Chief District Officer Jitendra Basnet and Bharatpur Mayor Renu Dahal, demanding them assure safety of girls and women. Meena Kharel, the event coordinator, said one of their chief demands was to introduce harsher punishment for rape. According to the District Police Office, 11 rape incidents were reported in Chitwan in the past one month. Sixty-six rapes were reported last year. देशभर बढ्दोक्रमा देखिएको बलात्कार जस्ता यौन हिंसाका विरुद्ध शुक्रबार महिला अधिकारका क्षेत्रमा सक्रिय संघ संस्थाले भरतपुरमा प्रदर्शन गरेका छन् । महानगरपालिकाको कार्यालयबाट र्‍यालीसहित जिल्ला प्रशासन पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाए । महानगर मेयर रेनु दाहाललाई पनि ज्ञापनपत्र बुझाएको आयोजकहरुले बताए। चितवनमा बालत्कारका विरुद्ध विभिन्न संघ संस्था र अधिकारकर्मीहरुले ‘यौन हिंसा विरुद्धको साझा अभियान’ सुरु गरेका छन्। अभियानमा आवद्धहरुले नै शुक्रबार प्रदर्शन आयोजना र ज्ञापनपत्र बुझाएका हुन्। उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत, प्रधानमन्त्री, गृहमन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेश आन्तरिक मामिला मन्त्रालयमा ज्ञापनपत्र दिएका हुन्। ज्ञापनपत्रमा नौवटा मागहरु छन्। अभियान संयोजक मिना खरेलका अनुसार बलात्कार सम्बन्धी कानुनमा परिवर्तन आवश्यक छ। १० वर्षभन्दा कम उमेरका बालबालिकामाथि हुने बलात्कारमा पिडकलाई सर्वोश्वसहित आजन्म काराबासको माग ज्ञापनपत्रमा गरिएको छ। १८ वर्षभन्दा कम उमेरका बालिका बलात्कार गर्ने दोषिलाई आजिवन कारावास हुने पर्ने आफुहरुको माग राज्यले सुन्नु पर्ने संयोजक खरेलले बताइन्। त्यसै गरी पीडितले मुद्दा दर्ता भएकै मितिबाट राज्यबाट क्षतिपूर्ति पाउनुपर्ने र फौजदारी संहितामा पीडितले अन्तरिक रुपमा राज्यबाट पाएको क्षतिपुर्ती फिर्ता हुनुपर्ने प्रवधान हटाउन ज्ञापनपत्रमा माग गरिएको छ। महिलामाथि हुने एसिड प्रहारका घटनामा पनि जन्म कैदको व्यवस्था गर्न आफुहरुले माग गरेको संयोजक खरेलले बताइन्। चितवनमा बलात्कारका साथै एसिड प्रहारका घटनाहरु पनि हुने गरेका छन्। साउन ३० गते भरतपुरमा एकजना १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको आरोमा प्रहरीले पाँचजनालाई समायो। दिउँसो तीन बजेदेखि यात्रु बोक्ने सानो गाडी म्याजिक भ्यानमा राखेर किशोरीलाई भरतपुर र नारायणगढ डुलाइएको थियो। रात परेपछि उनी बलात्कृत भएको प्रहरीले जनाएको छ। अर्को दिन माडीमा त्यस्तै घटना भयो। साउन ३१ गते राति हिँडेर घर जाँदै गरेकी १५ वर्षीया किशोरीलाई मोटरसाइकल चढेर आएका दुईजना युवकले घार पुर्‍याइ दिन्छौं भन्दै मोटरसाइकलमा लगेर बलात्कार गरे। ‘दिन दिनै यस्तो कहाली लाग्दो घटनाहरु भएपछि हामी चुप लागेर बस्नु भएन भन्ने लागेर सवै संघ संस्था मिलेर सामुहिक अभियानमा लाग्ने निधो गरेका हौं’ अभियानको सह–संयोजक रहेकी संगिता भट्टराईले भनिन्। अभियान अन्तर्गत बलात्कारसँग सम्बन्धित तथ्याङ्क विश्लेषण गर्ने काम भइरहेको सह–संयोजक संगिता भट्टराईले बताइन्। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनयता मात्रै बलात्कार सम्बन्धि ११ वटा जाहेरीहरु दर्ता भएका छन्। गएको आर्थिक वर्षमा बलात्कारसँग सम्बन्धित ६६ वटा उजुृरी प्रहरी कार्यालयमा दर्ता भएका थिए। त्यसअघि यो संख्या ५५ थियो।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments