Incident Reports

Protest in Bajhang against rape murder of Nirmala Pant

2018-08-25

Woman rights activists took out a protest rally in Chainpur baza on Saturday against rape murder of Nirmala Panta. The protesters demanded execution of the culprit. The protesters also questioned the legitimacy of police investigation. They accused the police of trying to protect those involved in the incident. कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि भएको हत्याको घटनाको विषयलाई लिएर बझाङमा पनि प्रदर्शन गरिएको छ । सदरमुकाम चैनपुर बजारमा नारा जुलुस सहित महिला अधिकारकर्मीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई पत्ता लगाई फाँसीको सजाय दिनु पर्ने माग गरेका छन् । महिला अधिकारकर्मीहरुले प्रहरी अनुसन्धान माथि प्रश्न समेत उठाएका छन् । प्रहरीले वास्तविक दोषीलाई उम्काउन खोजेको आरोप उनीहरुले लगाएका छन् । उनीहरुले निर्दोष बालक सनी खुनाको गोली हानी प्रहरीले ज्यान लिएको भन्दै यस घटनामा संलग्नलाई पनि कारबाहीको माग गरेका छन् । शनिबार बझाङमा प्रर्दशन गर्दै हत्यारालाई पत्ता लगाई फाँसी दिनु पर्ने, मानसिक रोगीलाई बलात्कारको आरोप लगाएर प्रहरीले नै घटनालाई लुकाउन खोजेको, भदौ एक गते लागू भएको कानून कार्यान्वयन गरिनु पर्ने लगायतका माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाइर्एको छ । महिला अधिकार मञ्च, महिला कल्याण बचत तथा ऋण सहकारी संस्था, पञ्चदेबल बहुउदेश्य सहकारी संस्था, मानव रक्षा संजाल, अन्तरपाटी महिला संजाल, नागरीक समाज लगायतका संघ संस्थाहरुले प्रर्दशनमा सहभागिता जनाएका थिए । बलात्कारीलाई कारबाहीको लागि दवाव दिन आफूहरुले प्रर्दशन गरेको महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेनका सिहंले बताउनुभयो । प्रर्दशनमा स्थानीय, पत्रकार, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो । उनीहरुले केही बेर जिल्ला प्रशाशन कार्यालय अगाडी नाराबाजी समेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments