Incident Reports

तीन वर्षदेखि घरमै बन्धक बनाएर बलात्कार

2018-09-03

Lumbini, Banke, Kohalpur

आफ्नै नातिनीलाई ३ वर्ष देखि यौन शोषण गर्दै आएका एक बृद्धलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । पटक पटक बन्धक बनाएर बलात्कार गरेपछि पीडित मानसिक समस्याग्रस्त भएकी छन्। परिवारले मानसिक समस्याग्रस्त पीडितको भारतमा उपचार गराएको थियो। उनका दाजुले पछि पनि उस्तै समस्या देखिएपछि दाङको अस्पतालमा उपचार गराएका थिए। उपचारलगत्तै पीडित फेरि बर्बराउने, मान्छेलाई झम्टने, न्याय देऊ नत्र आत्महत्या गर्छु भन्ने जस्ता असामान्य व्यवहार देखाउन थालेकी थिइन्। नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यहरूले नै संरक्षण गर्दै आएको खुलासा भएको हो। यस्तो व्यवहार हिंसा वा बलात्कारको सिकार भएका व्यक्तिले देखाउने भन्दै स्वाथ्यकर्मीले उनको स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणमा उनीमाथि बलात्कार भएको पुष्टि भएको उनका दाजुले बताएका छन्। थप उपचारका लागि भैरहवामा गरिएको स्वास्थ्य परीक्षणमा पनि उनी बलात्कृत भएको पुष्टि भएको थियो। त्यसपछि राजधानीस्थित मानसिक अस्पताल र थापाथलीस्थित प्रसूति अस्पतालमा उपचारका क्रममा पीडितले वास्तविकता बताएकी थिइन्। त्यसलगत्तै मामाघर दाङ फर्किएर हजुरबुवाविरुद्व प्रहरीमा उजुरी गर्ने निर्णय गरेको पीडितका दाजुले बताए। पीडितले इलाका प्रहरी कार्यालयमा गत शुक्रबार उजुरी दर्ता गरेकी थिइन्। प्रहरीले शुक्रबार नै आरोपी हजुरबुवालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ। प्रहरीले आइतबार बलात्कार आरोपी हजुरबुवाविरुद्व मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Banke

0 Comments