Incident Reports

त्रिवि उपकुलपतिको कार्यकक्षमा विद्यार्थीको तोडफोड

2018-09-06

Bagmati, Kathmandu, Kathmandu

त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका छन् । स्नातकोत्तर तह र शिक्षक सेवा आयोगको स्थायी नियुक्तिका लागि शिक्षक छनोट परीक्षाको मिति जुधेपछि त्रिविको परीक्षा सार्न आन्दोलनमा उत्रेका विद्यार्थीले बिहीबार तोडफोड गरेका हुन् । आयोगले असोज ११, १२ र १३ गते परीक्षा निर्धारण गरेको छ । त्रिविको परीक्षा पनि त्यही मितिमा तय गरिएको छ । विद्यार्थीले त्रिविको परीक्षा सार्न यसअघि पनि अनुरोध गरिरहेका थिए । विद्यार्थीका मागबारे अध्ययन गर्न त्रिविले समिति पनि गठन गरेको छ । विद्यार्थीहरु नारवाजी गर्दै उपकुलपति कार्यालय परिसर पुगेका थिए । त्रिवि सूचना शाखाका अनुसार नारावाजी गर्नेमध्येका चारजना विद्यार्थी उपकुलपति तीर्थ खनियासँग छलफल गर्ने भन्दै उनको कार्यकक्ष गएका थिए । छलफलकै क्रममा अकस्मात विद्यार्थीहरु तोडफोडमा उत्रेका थिए । तोडफोडबाट उपकुलपति कार्यालयको झ्यालका सिसा फुटेका छन् । कुर्सी, दराज, सोफा र टेबलमा क्षति पुगेको त्रिविले जनाएको छ । तोडफोड गरेर विद्यार्थीहरु तत्काल भागेका थिए । ‘उनीहरु पूर्वतयारीका साथ आएका जस्तो देखिन्थे । परीक्षा सार्ने कि नसार्ने विषयमा अध्ययन गर्न समि गठन भएको छ । छलफल भइरहेको बेला तोडफोड गर्नुपर्ने अवस्था आएको थिएन’, उपकुलपति खनियाँले भने । त्रिविले आफ्नो वार्षिक कार्यतालिका अनुसार परीक्षाको मिति तय गरेकोले शिक्षक सेवा आयोगको परीक्षासंग जुध्नेबारे जानकारी नभएको त्रिविले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments