Incident Reports

15-year-old raped in Nepalgunj

2018-07-24

Lumbini, Banke, Nepalgunj

A 15-year-old girl from Nepalgunj has been raped by a 46-year-old shaman. It is learnt that the man who called himself a shaman raped that girl from four months. The family of the girl were only aware of the incident on Thursday after the victim girl had heavy bleeding from her private part. She went under medical examination in Nepalgunj. Police are further investigating the case. नेपालगन्जको गणेशपुरमा झारफुक गर्ने काममा संलग्न आफूलाई साइबाबा बताउने ४६ वर्षका एक व्यक्तिले १५ वर्षीया बालिकालाई तीन चार महिनादेखि बलात्कार गरिरहेको घटना सार्वजनिक भएको छ। बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा ती व्यक्तिले बलात्कार गरेको बाँके प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए। वैशाख महिनादेखि नै साइबाबाले आफूमाथि बलात्कार गर्दै आएको बयान बालिकाले प्रहरी समक्ष दिएकी छिन्। उनले कसैलाई भनेमा जे पनि हुनसक्ने धम्की दिएका कारण अहिलेसम्म घटना गुपचुप राखेको उनले बताएकी छन्। बिहीबार दिउँसो १ बजेतिर बालिकाको योनीबाट धेरै रक्तश्राप भएपछि बालिकाले आफ्नी आमालाई सबै कुरा बताएकी हुन्। घटना थाहा पाए लगत्तै उनका काकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएका थिए। उजुरी लगत्तै प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो। अभियुक्तलाई शुक्रबार जिल्ला अदालत बाँकेबाट थप अनुसन्धानका लागि पुर्पक्षका लागि थुनामा राखिएको छ। बढैयाताल गाँउपालिकाकी १५ वर्षीया बालिकाको बिहीबार भेरी अञ्चल अस्पताल नेपालगन्जमा स्वास्थ्य परीक्षण र उपचार गरिएको थियो। उनको पेटमा गर्भ भए नभएकोबारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तहरुले बताएका छन्। साईबाबाले पटक–पटकको बलात्कारपछि बिहीबार गर्भपतन गराउने सम्बन्धि औषधीसमेत खुवाएको प्रहरी समक्षपीडित बालिकाले बयान दिएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Religious leader
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Bara

0 Comments