Incident Reports

Groups clash in Bara after boy teases priest

2018-09-12

Madhes, Bara, Parwanipur, Ward 3

[Updated] Three Dalit men were admitted in hospital after they were allegedly beaten by upper caste people at Parwanipur Rural Municipality in Bara district. Clashes broke out among two groups on Sunday after a local priest slapped a 10-year-old Dalit boy for allegedly drinking water from the hand pump on the premises of Shree Radha Krishna Temple. Tiwari Yadav, an eyewitness, said the temple priest was innocent but offered a different reason for the incident. He said the priest smacked the boy for taunting him. “The boy used to tease the priest all the time. On the day of the incident, the priest was preparing to wash some temple items at the hand pump. The boy was playing near the water pump. Annoyed, the priest told the boy to go away and not to disturb him, but the young one refused to leave. It was then the priest slapped him,” he said. “The clash broke out when the boy’s mother and some local men began misbehaving with the priest,” he added. Police also said that the case was not related to caste discrimination. “It was a dispute related to money concerning a recent fair. Dalits and non-Dalits have not clashed here,” said Police Inspector Subash Hamal. पर्साकाे वीरगन्ज–१७ बहुअरीमा रहेको रहेको वीरगन्ज हेल्थ केयर होस्पिटलको सघन उपचार कक्ष (आइसियु)को बेड नम्बर १० मा ३५ बर्षे सुमन राम तथा जेनरल वार्डमा उनका साखै दाजु उमेद राम र भतिज आकाश राम भर्ना छन्। बाराको पारवानीपुर गाउँपालिका –३, लिपनी मालका उनीहरु हुन्। मन्दिरमा एक जना आफु दलितहरुको समुदायको एक बालकले धाराबाट पानी खाएपछि कुटपिट भएकोले बिरोध गर्दा कुटिएको उनीहरुले बताएका छन्। मन्दिरका साधुको भुमिकामा रहेका स्थानीय रामदयाल यादव (बाबा) र स्थानीय दिपक यादवको अगुवाईमा आफुहरु उपर आक्रमण भएको घाइतेले बताए। अर्को पक्षले यो दलित वा गैरदलितको बिषयको बिवाद होइन भनी दावी गरेको छ। ‘दलित भनेर हेपिएको घट्ना होइन, त्यो मन्दिरमा दलित बस्तीसंगै जोडिएको छ, आजसम्म कसैले उहाँहरुलाई रोकेको छैन्,’ दिपकले भने, ‘झगडा अर्कै हो, दुबैतर्फ चोटपटक लागेको छ।’ उनका अनुसार भुलन यादवको टाउकोमा खुकुरी प्रहारबाट लागेको घाउमा ८ वटा टाँका लागेर भरतपुर रेफर भएका छन्। कृष्णा सर्राफ घाइते भएका छन्। दलित समुदायबाट नै जितेका वडा अध्यक्ष अनिल रामलाई झगडा छुटाउदा चोट लागेको छ। दिपकले अरु झगडालाई जातीय रंग दिन खोजिएको आरोप लगाए। यता दलितहरुको भनाई बेग्लै छ। ‘एक जना मेरै समुदायका करिमन रामका छोरा बदरी पानी खान गएको थियो, बाबाले कुटे धारो छोइयो भनेर’, वीरगन्ज हेल्थ केयर अस्पताल भर्ना रहेका उमेद रामले सुनाए, ‘उसको आमाले सोध्न जाँदा बाबासंग झगडा भयो। हामी नजिकैको बजारमा थियौं, मन्दिर पुग्यौं। बाबाको पक्ष लिदै दिपक यादवले मेरो छोरा आकाशलाई कुटे।’ घट्ना लगतै पुगेको परवानीपुर प्रहरीको भुमिका हुनु पर्ने जस्तो नभएकोले घट्ना ठुलो हुन गएको देखिन्छ। ‘यी सबैकुरा भइरहँदा परवानीपुर चौकीबाट आएको प्रहरीले हामीलाई त्यहाँबाट भगाई दियो’, उनले भने, ‘त्यसको केही बेरपछिको कुरा हो, वडा अध्यक्षलाई बसाएर यस बिषयमा छलफल गरिरहेका थियौं, हामीउपर आक्रमण भयो।’ पछि ठुलो झगडा हुँदा प्रहरी नआएको दलितहरुको गुनासो छ। घाइतेमध्ये सुमन रामको अवस्था चिन्ताजनक भएकोले सघन उपचार कक्षमा राखेको उमेद रामले बताए। अस्पतालका डाक्टर कुन्दन प्रसादले सुमनको शरीरमा भित्री चोटले मांसपेसी र हड्डीमा दुखाई रहेको बताए। घट्नामा सामेल नभएका स्थानीयले केही दिन अगाडि भएको कृष्ण जन्माष्टमीको झवा उत्सवमा दबै पक्षका केटाहरुबीच झगडा सुरु भएको र यस घटनामा आएर उग्र रुप लिएको बताएका छन्। Update.... The victim’s party have accused that pressure is being exerted to settle the incident of cast discrimination in Parwanipur Rural Municipality-3. Local Umed Ram, 43 said that the complaint against discrimination was lodged at Area Police Office of Simara however no hearing is made yet and accused party is exerting pressure to settle the case. The victim Rakesh Ram, 15 son of Kariman Ram of Parwanipur Rural Municipality-3 was discriminated by the priest Ramdayal Yadav, 45 of Radha Krishna Temple and was beaten while drinking water inside the temple on September 14 and complaint was lodged at District Police Office on a same day. Police said that the complaint has been registered at Area Police Office of Simara. In the incident Suman Ram,36 of Parwanipur Rural Municipality-3 and 16 years old Akash Ram were injured. Meanwhile, a team led by NHRC chief Bir Bahadur Budamagar of Janakpur Office have monitored the incident site and discussed with accused party and victims. Similarly, Dalit Rights Struggling Committee have released press statement and condemned the incident. The statement has demanded for the immediate action against the guilt. परवानीपुर गाँउपालिका–३ मा भएको जातीय छुवाछुतको घटना मिलापत्र गर्न आरोपित पक्षले दबाब दिइरहेको पीडित पक्षको आरोप छ । स्थानीय ४३ वर्षीय उमेद रामले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दर्ता गरेको भएपनि अहिलेसम्म कुनै प्रकारको सुनुवाइ नभएको र आरोपित पक्षले मिलापत्र गर्न दबाब दिइरहेको आरोप लगाइएको छ । परवानीपुर गाउँपालिका–३ का करिमन रामका १५ वर्षीय छोरा राकेश रामले सोही ठाउँस्थित राधाकृष्ण मन्दिरको चापाकलमा भदौ २४ गते पानी खान गएको बेलामा मन्दिरका पुजारी ४५ वर्षीय रामदयाल यादवले दलितले चापाकललाई असुद्ध गर्‍यो भनी कुटपिट गरेको भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उक्त उजुरी असोज ४ गते इलाका प्रहरी कार्यालय सिमरामा दर्ता भएको प्रहरीले जनाएको छ । जातीय छुवाछुतको उक्त घटनामा पुजारी रामदयाललगायतले कुटपिट गर्दा परवानीपुर गाउँपालिका–३ का ३६ वर्षीय सुमन राम र १६ वर्षीय आकाश रामसमेत घाइते भएका थिए । घाइतेमध्ये सुमनको बायाँ हातको पछाडिको मासु चिरिएको र उनीसँग उपचार गराउने पैसा नभएको पीडित पक्षले गुनासो गरेको छ । यसैबिच राष्ट्रिय मानव अधिकार अयोग जनकपुर कार्यालयका प्रमुख वीरबहादुर बुढामगरको नेतृत्वमा असोज १३ गते गएको टोलीले घटनास्थल, घटनाका पीडित, आरोपित पक्ष र प्रहरी प्रशासनसँग भेटी घटनाको बारेमा छलफल गरेको छ । त्यसैगरी दलित अधिकार सङ्घर्ष समितिले असोज १२ गते विज्ञप्ति निकाल्दै उक्त जातीय छुवाछुत घटनाको भत्र्सना गरेको छ । जातीय छुवाछुत अन्त्य गर्न संवैधानिक तथा कानुनी व्यवस्था भएपनि कार्यान्वयन नहुँदा मर्माहित भएको सङ्घर्ष समितिकी अध्यक्ष तथा पूर्वमन्त्री कलावती पासवानले बताएकी छन् । दोषीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिन विज्ञप्तिमार्फत माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , INSEC , Local Newspaper - Rautahat , Local Newspaper - Parsa

0 Comments