Incident Reports

मन्दिरमा पानी खादा कुटिएको दलितको आरोप [Updated]

2018-09-12

Madhes, Bara, Parwanipur, Ward 3

परवानीपुर गाँउपालिका–३ मा भएको जातीय छुवाछुतको घटना मिलापत्र गर्न आरोपित पक्षले दबाब दिइरहेको पीडित पक्षको आरोप छ । स्थानीय ४३ वर्षीय उमेद रामले इलाका प्रहरी कार्यालय सिमरामा उजुरी दर्ता गरेको भएपनि अहिलेसम्म कुनै प्रकारको सुनुवाइ नभएको र आरोपित पक्षले मिलापत्र गर्न दबाब दिइरहेको आरोप लगाइएको छ । परवानीपुर गाउँपालिका–३ का करिमन रामका १५ वर्षीय छोरा राकेश रामले सोही ठाउँस्थित राधाकृष्ण मन्दिरको चापाकलमा भदौ २४ गते पानी खान गएको बेलामा मन्दिरका पुजारी ४५ वर्षीय रामदयाल यादवले दलितले चापाकललाई असुद्ध गर्‍यो भनी कुटपिट गरेको भन्दै पीडित पक्षले भदौ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उक्त उजुरी असोज ४ गते इलाका प्रहरी कार्यालय सिमरामा दर्ता भएको प्रहरीले जनाएको छ । जातीय छुवाछुतको उक्त घटनामा पुजारी रामदयाललगायतले कुटपिट गर्दा परवानीपुर गाउँपालिका–३ का ३६ वर्षीय सुमन राम र १६ वर्षीय आकाश रामसमेत घाइते भएका थिए । घाइतेमध्ये सुमनको बायाँ हातको पछाडिको मासु चिरिएको र उनीसँग उपचार गराउने पैसा नभएको पीडित पक्षले गुनासो गरेको छ । यसैबिच राष्ट्रिय मानव अधिकार अयोग जनकपुर कार्यालयका प्रमुख वीरबहादुर बुढामगरको नेतृत्वमा असोज १३ गते गएको टोलीले घटनास्थल, घटनाका पीडित, आरोपित पक्ष र प्रहरी प्रशासनसँग भेटी घटनाको बारेमा छलफल गरेको छ । त्यसैगरी दलित अधिकार सङ्घर्ष समितिले असोज १२ गते विज्ञप्ति निकाल्दै उक्त जातीय छुवाछुत घटनाको भत्र्सना गरेको छ । जातीय छुवाछुत अन्त्य गर्न संवैधानिक तथा कानुनी व्यवस्था भएपनि कार्यान्वयन नहुँदा मर्माहित भएको सङ्घर्ष समितिकी अध्यक्ष तथा पूर्वमन्त्री कलावती पासवानले बताएकी छन् । दोषीलाई कानुनको दायरामा ल्याएर कारवाही गर्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिन विज्ञप्तिमार्फत माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , INSEC , Local Newspaper - Rautahat , Local Newspaper - Parsa

0 Comments