Incident Reports

Few injured while trying to rescue the rape accused

2018-09-11

Madhes, Rautahat, Gaur

A clash has erupted between the locals and police in Garuda municipality in Rautahat while police were trying to open the roadblock forcefully. The locals of Garuda had blocked the road on Tuesday stating that the police has arrested an innocent man on a charge of rape. A police constable and 7 protesters were injured in the clash. The clash erupted when the protester started pelting the stones to the police. They have also vandalized a magic van and police van too. Accused Sahamad Ansari was arrested on the basis of complained filed by the family of rape victim stating that the Ansari raped their daughter and forced them no to lodge the complaint in the police on 5th of September. While the supporters have the saying that Ansari is innocent. Police are further investigating the case. बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्ति निर्दोष रहेको भन्दै रिहा गराउन प्रहरी कार्यालय पुगेको समुह र प्रहरीबीच गरुडामा मंगलवार झडप भएको छ । निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै गढीमाई नगरपालिका–४ का करिब एकसय स्थानीयले गरुडा बजारमा मंगलवार दिउँसो चक्काजामसमेत गरेका छन् । उजुरीपछि प्रहरीले ३२ गरुडा १२ ख संकेत राखेर घटनाको अनुसन्धान सुरु गरेको छ । गरुडाको मेथुर चौक र इलाका प्रहरी कार्यालय अगाडि उनीहरुले सडक बन्द गरेकाथिए । प्रहरीले बल प्रयोग गरेर सडकमा गरिएको जाम खुलाएको छ । केहीबेर प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको थियो । झडपमा एक प्रहरी हवल्दार र सातजना स्थानीय सामान्य घाइते भएका छन् । प्रहरीले सहुद अन्सारी, अजय साह र अवुसैद अन्सारीलाई पक्राउ गरेको छ । एक १३ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा किटानी जाहेरी परेपछि गढीमाई नपा–३ का ५५ बर्षिय सहमत अन्सारीलाई सोमवार प्रहरीले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरुले ढुंगामुढा गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । प्रर्दशन उत्रिएका व्यक्तिहरुले ना.१ ज. ६१९२ नम्बरको म्याजिक भ्यान र प्रहरीको ना १ झ ५४२ नम्बरको भ्यानमा तोडफोड गरेका छन । भदौ २० गते गढीमाई नगरपालिका–३ गम्हरियाटोलकी बालिकालाई ५५ वर्षीय सहमद अन्सारीले करणी गरेको गाउँमा खुलेपछि गाउँमै छलफल गरीएको थियो । केही रकम दिएर घटना मिलाउने प्रयास भए पनि बालिकाका अभिभावकले आइतवार किटानी जाहेरी दिएका थिए । उजुरी परेपछि बालिकाको स्वास्थ्य परीक्षण गरी बलात्कारको आरोपमा पक्राउ परेका अन्सारीविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । अन्सारी पक्षले भने उनी निर्दोष रहेको दाबी गरेको छ । बालिकाकी आमाले अन्सारीसँग ६ सय ५० रुपैयाँ लिएको सापट फिर्ता गर्न नमान्दा विवाद भएपछि बलात्कारको आरोप लगाएको बताएका छन । बालिका पक्षका व्यक्तिहरुले दुईजना महिलालाई दुव्र्यवहार गरेको भन्दै मंगलवार प्रहरीमा निवेदनसहित आएका थिए । प्रहरीले निवेदन दर्ता गर्न नमानेपछि प्रहरी र अन्सारीका समर्थकबीच विवाद भएको थियो । रौतहट प्रहरी प्रमुख केदार ढकालले पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको बताउँदै घटनाको अनुसन्धानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । बालिकाका अभिभावकले किटानी जाहेरी दिएपछि आरोपीलाई पक्राउ गरी कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Secondary Form Road block
Weapons Blunt weapon
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 8
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments