Incident Reports

Mother commits suicide after hanging her two sons

2018-09-11

Province 1, Morang, Budhiganga

A young mother and her five-year-old son died in an apparent murder-suicide at Budhiganga Rural Municipality in Morang district on Tuesday. Superintendent of Police Manoj Kumar KC said 29-year-old Kabita Yadav and her youngest son Aman died by hanging. Her eldest child, 10-year-old Nishan, survived when his rope snapped. The boy told police that his mother hung Aman while the latter was still asleep, before proceeding to hang him and herself. SP KC said when Nishan protested his mother reportedly hit him and demanded that he remain quiet. Kabita’s husband Amarlal Yadav had died two years ago. Ever since, she had been raising her two sons on her own. What led Kabita to commit the crime is a matter of investigation. Police are searching for Ramdev Jha of Forbesganj, India, for questioning after learning that he had recently visited the family and lived with them for a few days. बुढीगंगा गाउँपालिका २ अमाहीमा एक महिलाले नाबालक दुई छोरालाई झुन्ड्याएर आत्महत्या गरेकी छन् । डोरी चुँडिएर एक छोरा भने बाँच्न सफल भएका छन् । स्थानीय २९ वर्षीया कविता यादवले जेठो छोरा १० वर्षीय निशान र कान्छो ५ वर्षीय अमनलाई झुन्ड्याएर आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । घरको बलोमा नरिवलको डोरीमा झुन्डिएका कविता र अमनको मृत्यु भएको छ । निशान डोरी चुँडिएर बाँचेका हुन् । उनको विराट मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीले दुवै छोरालाई डोरीको पासो लगाएर झुन्ड्याएपछि आमाले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । बिहान साढे १० बजे प्रहरी घटनास्थल पुग्दा कान्छो छोरा अमन र कविता बलोमा झुन्डिएको अवस्थामा फेला परेका थिए । Yamaha निशानलाई झुन्ड्याएको डोरी चुँडिएर भुइँमा लडेको अवस्थामा भेटिएको एसपी केसीले बताए । ‘घटनास्थलको प्रकृति हेर्दा आमाले आत्महत्या गर्नुअघि दुवै छोरालाई झुन्ड्याएर हत्या गर्न खोजेको देखिन्छ,’ उनले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ ।’ बिहान १० बज्दा पनि घरमा चहलपहल नदेखेपछि छिमेकी हेर्न जाँदा ढोका बन्द थियो । स्थानीय सावित्री यादवले पछि टोलका मान्छेहरू आँगनमा जम्मा भएर हल्ला हुन थालेपछि कविताका जेठो छोरा निशान घरभित्र रुन थालेको आवाज सुनेको बताइन् । भित्रबाट ढोका बन्द गरिएको घरमा बच्चा रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कविताको पति अमरलाल यादवको २ वर्षअघि मृत्यु भएको थियो । कवितासँगै केही समयदेखि भारतको फारबिसगन्ज घर भई विराटनगरमा काम गर्दै आएको रामदेव झा बस्दै आएको स्थानीयले बताए । राति कविता र रामदेवबीच झगडा भएको हल्ला छिमेकीले सुनेको बताए । निशानले राति सुतिरहेको बेलामा आमाले सुरुमा भाइ र आफूलाई डोरीले घाँटीमा बाँधेर झुन्ड्याएपछि आफूले पनि डोरी लगाएर झुन्डिएको बताए । ‘सुतिरहेको बेला आमाले भाइलाई झुन्ड्याउनुभएको थियो,’ उनले भने, ‘पछि मलाई पनि झुन्ड्याउन खोज्दा मैले थाहा पाएँ । आमाले कसैलाई केही नभन्नु भन्दै जोरले कुट्दै कराएपछि मैले केही पनि बोल्न सकिनँ । अनि आमा पनि झुन्डिनुभयो ।’ आमा डोरी लगाएर झुन्डिएको केही बेरमै आफूलाई झुन्ड्याएको डोरी चुँडिएर भुइँमा खसेको उनले बताए । निशानको घाँटीमा डोरीको र शरीरको विभिन्न भागमा कुटेको डाम देखिएको छ । केसीले रामदेव भन्ने व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Suicide
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 2
Female Killed 1
Youth Killed 1
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments