Incident Reports

तीन जनाको समूहद्वारा पत्रकारमाथि कुटपिट, आरोपित गिरफ्तार

2018-09-13

Lumbini, Bardiya, Barbardiya, Ward 5

Man Bahadur Chaudhary थारु पत्रकार सङ्घ बर्दियाका अध्यक्ष तथा प्राइम टेलिभिजनका सम्बाददाता बारबर्दिया नपा–५ धोवियाका ३५ वर्षीय सञ्जु चौधरी (सरम) लाई भदौ २८ गते बारबर्दिया नपा–५ का ४० वर्षीय जङ्गबहादुर थारु, सोही ठाउँका ३५ वर्षीय सुरमान थारु, ४१ वर्षीय तिलक थारुले कुटपिट गरी घाइते बनाएको पीडितले आरोप लगाएका छन् । बारबर्दिया नपामा भएको एक कार्यक्रमबाट रिपोटिङ गरेर घर फर्कँदा राति करिब साढे नौ बजेको समयमा आरोपितत्रयले सोही नगरपालिका–५ जब्दहवाको काठेपुलमा बाटो छेकेको भनी पत्रकार चौधरीलाई गालीगलौज गरी कुटपिट गरी घाइते बनाएका हुन् । नेपाल पत्रकार महासङ्घको साधारण सदस्यसमेत रहेका पत्रकार सञ्जुले भने ‘रातिको समयमा पानी परेको अवस्थामा काठेपुल नजिक मोटरसाइकल चिप्लिएर कुलामा गएपछि तानेर बाटोमा ल्याएको थिएँ । सोही समयमा अटो रिक्सामा मादक पदार्थ सेवन गरी आएका तीन जनाले को हो बाटोमा मोटरसाइकल तेस्र्याएर अवरोध गर्ने ? भन्दै अपशब्द बोल्दै गाली गरे । मुक्काले मुख, टाउको, कन्चटमा हाने । एक जनाले त दुवै हातले घाँटीमा समाती मार्न खोजे । नजिकैका मानिसहरू आएपछि बल्ल बल्ल फुत्किएर भागी ज्यान बचाउन सफल भए ।’ पीडित पत्रकारलाई आरोपितहरूले लछारपछार गर्दा उनले प्रयोग गर्दै आएका एचडी क्यामरा हराएको पीडितको भनाइ छ । पत्रकार चौधरीको अगाडिको एउटा दाँत भाँचिएको छ । बायाँ कानमा चोट लागि रगत बग्नुको साथै सुन्निएको छ । घाँटी अँठ्याइएकाले घाँटी सुन्निएको छ । पानीसम्म पनि पीउँदा निल्न गाह्रो भएको छ । उनको उपचार जिल्ला अस्पताल गुलरियामा भएको छ । आरोपित तीनै जनालाई प्रहरीले भदौ २९ गते गिरफ्तार गरी इलाका प्रहरी कार्यालय बनियाभारमा अनुसन्धानको लागि हिरासतमा राखेको छ । नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, प्रेस चौतारी नेपालका अध्यक्ष डिलप्रकाश गौतम, प्रेस सेन्टर नेपालकी अध्यक्ष मेनका चौधरीले विज्ञप्ति प्रकाशन गरी उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आरोपितलाई कानुनी कारवाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुरेशप्रसाद मैनालीले घटनाका आरोपितलाई गिरफ्तार गरिएको र अनुसन्धान गरी कानुनी कारवाही अगाडि बढाउने बताए । मानबहादुर चौधरी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments