Incident Reports

Deputy mayor misbehaved in Bara

2018-09-13

Madhes, Bara, Mahagadhimai

One group has misbehaved with deputy mayor Tara Devi Kanu on November 13. She was misbehaved by a group of people in Gadhimai Mahendra Technical secondary school while she was discussing with the students from the same school. The Chief Education Officer of Bara, Ganesh Bhattarai,said necessary ations will be taken after the perpetrators are identified. महागढीमाई नगरपालिकाकी उपमेयर तारादेवी कानुलाई एक समूहले भदौ २८ गते दुव्र्यहार गरेको छ । गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग वार्ता गरिरहेको अवस्थामा केही व्याक्तिहरूको समूहले उनीमाथि दुर्व्यवहार गरेको पीडितले बताएकी छन् । उपमेयर कानुमाथि दुर्व्यवहार भएको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले जानकारी गराएको बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले बताए । उपमेयरमाथि दुर्व्यवहार गर्ने विद्यार्थी वा स्थानीय को हुन् ? पचिहान गरी कानुन अनुसार कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराइले बताए । उनका अनुसार शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी तत्काल परिचालन गरिएको थियो । उपमेयर तारादेवी कानु गढीमाई मन्दिर नजिक रहेको विद्यार्थीहरूलाई वार्तामा आउन आग्रह गरिरहेको बेला केही उच्छृङ्खल व्यक्तिहरूले दुर्व्यवहार गर्दै अभद्र व्यवहार गरेको भन्दै महागढीमाई नगरपालिकाले भदौ २८ गते प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेको छ । नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवद्वारा जारी सो विज्ञप्तिमार्फत अध्यापन कार्य भने सुचारु राख्न विद्यालयलाई आग्रह गरेको छ । वार्ता बाहिर रहेका विद्यार्थी र केही अन्य व्याक्तिहरूले हातमा लिएको खानेपानीका बोतल उपमेयरमाथि प्रहार गरेको आरोप छ । काज सरूवा भएका शिक्षक मनोज साह गोढलाई फिर्ता गर्न माग गर्दै विद्यार्थीहरूले विद्यालयमा आगजनी तथा तोडफोड गर्नुका साथै विरोध प्रर्दशन गरेपछि समस्या समाधानका लागि वार्ता चलिरहेको थियो । महागढीमाई नगरपालिका–१ का वडा अध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा छानविन तथा समन्वय समितिसमेत गठन गरिएको छ । समितिले दिएको प्रतिवेदन अनुसार माग पूरा गर्ने नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले बताए । कक्षा १० का १ सय ८ जना विद्यार्थी र अविभावकलाई वार्ताका लागि पत्र पठाएको गढीमाई महेन्द्र प्राविधिक नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामएकवाल साहले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Others
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Rautahat

0 Comments