Incident Reports

RJPN places black flags at govt offices

2018-09-19

Madhes, Saptari, Rajbiraj

Rastriya Janata Party Nepal on Wednesday marked Constitution Day as Black Day by placing black flags at various government and local level offices in Saptari district. RJPN joint general secretary Gajendra Mandal said the flags were placed to mark the Constitution Day as Black Day. Cadres of the party protested at district headquarters Rajbiraj and other major market areas of the district since early Wednesday morning. The party is also organising a protest rally in Rajbiraj today afternoon. Security has been heightened in the district in view of the protest programme. राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले बुधबार सप्तरी जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरुमा कालोझण्डा गाडेका छन् । मधेशी जनतालाई दमन गरी २०७२ साल असोज ३ गते संविधान जारी गरिएको भन्दै राजपाले असोज ३ गते कालो दिन मनाउने कार्यक्रम अन्तरगत सरकारी कार्यालयहरुमा कालो झण्डा गाडेको राजपाका सह महामन्त्री गजेन्द्र मण्डलले बताए । बुधबार बिहानैदेखि सदरमुकाम राजविराज सहितका जिल्ला प्रमुख बजारहरुमा राजपाका नेता कार्यकर्ताहरु कालोझण्डासहित प्रर्दशन गरेका छन् । प्रदर्शन र सरकारी कार्यालयहरुमा कालोझण्डा गाड्ने कार्यक्रममा राजपाबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु समेत सामेल छन् । उनीहरुले विभिन्न स्थानीय तहको कार्यालयमा समेत कालो झण्डा गाडेका छन् । राजपाले दिउँसो राजविराजमा बृहत विरोध कार्यक्रम गर्ने तयारी गरेको छ । विरोध सभालाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राजपाले कालो झण्डा सहित प्रदर्शन गरिरहँदा जिल्लामा सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ । अघिल्ला दिनहरु भन्दा बजार र ग्रामिण क्षेत्रमा सुरक्षाकर्मीहरुको उपस्थिती बाक्लो छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people NA
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis