Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीसम्म उजुरी पुगेन । [Updated]

2018-09-06

Gandaki, Myagdi, Beni

[Updated] म्याग्दीको बेनी नपा-२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शिक्षकले यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । यस्तो गम्भीर घटनालाई ढाकछोप गर्दै सर्वपक्षीय भेला राखी आरोपितलाई सरूवाको सहमति दिने निर्णय गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शिक्षक यामबहादुर जिसीले सो विद्यालयमा आधारभुत तहमा अध्ययनरत सात जना छात्रामाथि पछिल्लो पटक भदौ २१ गते यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षको आरोपका बीच असोज ३ गते बसेको अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिबीच भएको बैठकले शिक्षक जिसीले अशोभनीय कार्य गरेको भन्ने निश्कर्षनिकाल्दै दोषी उपर कारबाही प्रक्रियाका लागि विद्यालय व्यवस्थापन समितिलाई निर्णय लिने अधिकार दिएको छ । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर कार्कीले विद्यार्थीमाथि दुर्व्यवहार गर्दा पनि घटनालाई लुकाउने काम गरेकोले विद्यालयमा उनको स्थानमा अर्का प्रधानाध्यापक ल्याउने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले बताए । कार्कीका अनुसार विद्यालयले असोज १३ गते सम्मको समय सिमा दिएर आरोपित शिक्षक जिसीलाई अन्य विकल्प खोज्न निर्देशन दिने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय, म्याग्दीका डिएसपी बिरबहादुर बुढामगरले घटनाको बारेमा बाहिरबाट कुरा आएको भए पनि आधिकारिक कुनै उजुरी तथा जानकारी प्रहरीमा नआएको बताए । उनले घटना भएको थाहा पाएपछि त्यसको अनुसन्धानमा आफूहरू जुटेको र घटनाका दोषीलाई कारवाही गर्ने प्रतिक्रिया दिए । Update.... बेनी नगरपालिका-२ बगरफाँट स्थित सरस्वती आधारभुत विद्यालयका शिक्षक यामबहादुर जिसीलाई विद्यार्थीहरुमाथि दुराचरजन्य क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । annapurna post विद्यालय ब्यवस्थापन समितिले गरेको निर्णय, विभिन्न संघ संस्थाको निवेदन र प्रशासनले सत्य तथ्य छानविनका लागि गरेको निर्देशन अनुसार शनिबार पक्राउ गरिएका जिसीलाई थप अनुसन्धानका लागि आइतबार अदालतबाट सात दिनको म्याद थप गरेको प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले बताए । ‘पीडितबाट जाहेरी आएको छैन । आरोप पुष्टि हुन बाँकी छ । विभिन्न संघ संस्थाले दिएको दवावपछि प्रशासनले सत्यतथ्य छानविनका लागि गरेको निर्देशनको आधारमा पक्राउ गरि अदालतबाट म्याद थपेर अनुसन्धान अघि बढाएका छौँ’ प्रनाउ बुढाले भने । विद्यालय ब्यवस्थापन समितिको २०७५ असोज ३ गतेको बैठकले छात्रा विद्यार्थीहरुलाई असोभनीय ब्यवहार देखाएकाले अभिभावकको माग अनुसार असोज १४ (आइतबार) सम्म सरुवा अथवा राजीनामामध्ये एक विकल्प रोज्नुपर्ने निर्णय गरेको अध्यक्ष नारायण कार्कीले बताए । ‘अभिभावक, शिक्षक, जनप्रतिनिधि र विद्यार्थीहरुबीच भएको छलफलका क्रममा सरुवा हुन वा राजिनामा दिनुपर्ने विकल्प दिइएको हो’ वडा अध्यक्ष हिराबहादुर थापाले भने, ‘छात्राहरुको शरीरको संवेदनशिल अंगमा छोएको गुनासो आएकाले भदौ ३१ देखि विभिन्न चरणमा छलफल भएको थियो ।’ जिसीले असोज ११ गते बिहीबार प्रक्रिया पुरा गरेर दिएको राजीनामा स्वीकृत गरिएको जिल्ला शिक्षा तथा समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले बताए । जिसीले भने आरोपको खण्डन गर्दै नियतबस नभएर अञ्जानमा भएको घटनालाई राजनितीक पूर्वाग्रह, विगतको रिसीईबी साध्नका लागि अतिरञ्जित गराएर फसाईएको प्रतिक्रिया दिए । ‘अञ्जानमा भएको कमजोरीलाई योजनाबद्ध हिसाबले विद्यार्थीहरुलाई सिकाएर सुगारटाई हिसाबले बोल्न लगाएर नाटकीय रुपमा घटनालाई अतिरञ्जित गरेर फसाउन खोजीएको छ’ जिसीले भने ‘आन्तरीक कलहका कारण शिक्षकहरु मप्रती पहिलेनै पूर्वाग्रही थिए । दुई वर्षदेखिनै मलाई त्यहाँबाट हटाउन यस्तै नाटक रचिएको थियो ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
INSEC , National/Online Media

0 Comments