Incident Reports

Kalanki-Nagdhunga locals protest delayed construction of road section

2018-09-28

Bagmati, Kathmandu, Nagarjun

Locals along the Kalanki-Nagdhunga road section have organised a protest at Dhungeadda of Kalanki against the delay in road construction on Friday. Transportation services have been disrupted after locals displaying placards took to the street to protest the apathy of the concerned authorities in constructing the road section. The Kalanki-Nagdhunga road section has been under construction for a long time and the locals have been facing the brunt of dust in dry days and muddy roads on rainy days. The disgruntled locals demanded action against the road construction contractor and immediate construction of the road section. कलंकी–नागढुंगा सडक खण्डका बासिन्दाले कलंकीको ढुंगेअड्डामा प्रदर्शन गर्दै सो सडक शुक्रबार बिहान केही समयका लागि बन्द गराएकाछन् । स्थानीयहरू प्लेकार्डसहित विरोधमा उत्रिएसँगै सो क्षेत्र भएर गुड्ने यातायात प्रभावित बनेको थियो । स्थानीयहरुले लामो समयसम्म पनि सडक निर्माणको काम अगाडि नबढ्दा घाम लाग्दा धुलो र पानी पर्दा हिलोको मार खेप्नु परेकाले विरोधमा उत्रिनु परेको बताएका छन्। उनीहरुले उक्त सडक खण्ड निर्माणको ठेक्का पाएका ठेकदारलाई कारवाही हुनुपर्ने र सडक निर्माण चाँडो सुरु हुनुपर्ने लगायतका माग गरेका छन्। स्थानीयहरुको बाक्लो उपस्थितिबीच विरोध प्रदर्शन भइरहेकोले त्यहाँ ठूलो संख्यामा प्रहरी पनि परिचालन गरिएको थियो । सडक विभाग, ठेकेदार, वडाका प्रतिनिधि र स्थानीय अगुवाहरु बसेर वार्ता गर्ने सहमति भएसँगै प्रदर्शनका कारण अवरुद्ध बनेको सडक खुलेको छ । बिग्रेर क्षतविक्षत भएको ९ किलोमिटरमात्रै लामो सडक पार गर्न सामान्य अवस्थामा १ देखि साढे १ घण्टासम्म लाग्छ भने जाम परेका बेला त कहिलेकाहिँ ९ नै घण्टा पनि लाग्छ। राजधानीको लाइफलाइन राजमार्गबारे चारैतिर आलोचना भएपछि यही साउन १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सडकको अवलोकन गरेका थिए। उनले भदौ १२ गतेसम्म सडक कालोपत्रे गरिसक्ने 'भाषण' पनि दिएका थिए। अत्याधिक धूलोले यस क्षेत्रमा बस्ने हरेकमा श्वासप्रश्वासमा समेत समस्या आउन थालेकाले विरोधमा उत्रिनु परेको स्थानीयले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments