Incident Reports

कर वृद्धिको बिरोध गर्दै कांग्रेसद्वारा मिथिला नगरपालिकामा प्रदर्शन

2018-09-09

Madhes, Dhanusha, Mithila

नेपाली काँग्रेसले धनुषाले स्थानीय तहमा गरेको कर बृद्धिको विरोधलाई निरन्तरता दिएको छ । जिल्लाको मिथिला विहारी नगरपालिकाले जनताको ढाड सेक्ने गरि गरेको कर बृद्धिको विरोधमा प्रदर्शनका साथै ज्ञापनपत्र दिएको छ। नेपाली कांग्रेस मिथिल बिहारी नगरपालिकाका नगर सभापति राजेन्द्र यादवको नेतृत्वमा निस्केको काँग्रेस नेताकार्यकर्ता तथा नेता सहभागि रहेको विरोध प्रदर्शन धनुषाको ठेरा, कचुरी बजार नारापटटी चौकमा प्रदर्शन गर्दै मिथिला विहारी नगरपालिकाको कार्यालय पुगेको थियो । प्रर्दशनको क्रममा प्रहरी र काँग्रेस कयिकता बीच केही बेर सम्म घम्साघम्सी पनि भएको थियो । प्रहरीले नगरपालिकाको परिसरमा प्रदर्शनकारीलाई प्रवेशमा रोक जगाएपछि केही वेर प्रदर्शनकारी र प्रहरी बीच घम्साघम्सी भएको थियो । नगर प्रमुख यादवले प्रहरीलाई जनतालाई नरोक्न आग्रह गरेपछि प्रदर्शनकारीलाई प्रवेश दईएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other economic issues
Secondary Cause Other governance issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments