Incident Reports

डोमको घरमा डोजर

2018-09-29

Madhes, Siraha, Naraha, Ward 3

वर्षौदेखि ऐलानी जग्गामा बसोबास गर्दै आइरहेको अवस्थामा सिरहाको नरहा गाउँपालिका ३ चोहर्वाका डोम समुदायका घर स्थानीय भरतराज शर्माले डोजर लगाएर भत्काएका छन् । उनले आफ्नो निजी जग्गामा बसोबास गरिरहेको भन्दै घर भत्काएपछि डोम समुदाय बिचल्लीमा परेका हुन् । घर भत्काइदिएपछि बिल्टु मरिक, बेचु मरिक र छोराबुहारी लगायत १८ जना समस्यामा परेका हुन् । ‘हामी यहाँ वर्षौंदेखि बस्दै आएका थियौं’, बिल्टुले भने, ‘तीन वर्षदेखि शर्माले पटक पटक जग्गा खाली गर्न दबाब दिँदै आएका थिए । नमानेपछि डोजर लगाइदिए । अब कहाँ जाउँ ?’ शर्माको डोम बस्तीको पछाडि एक कठ्ठा ११ धुर जग्गा छ । त्यो जग्गाभन्दा बढी क्षेत्रफलमा बार लगाएको ललियादेवी मरिकले बताइन् । ऐलानी जग्गामा बस्दा पनि हामीलाई दुःख दिने गरेको उनको भनाइ छ । ‘धेरैजसो काम गर्न बाहिर गएको मौका छोपी घर भत्काइएको छ’, सञ्जय मरिकले भने, ‘घर भत्काइदिँदा खुल्ला आकाशमुनि बस्न बाध्य छौं ।’ घर भत्काउने बेलामा प्रहरीको समेत उपस्थिति रहँदा पनि जग्गावालाले मान्छे बोलाएर गुण्डाशैलीमा घर भत्काएको सञ्जयको भनाइ छ । घरको खाद्यान्न लगायतका सामान जताततै फालिदिएको उनले बताए । शर्माले भने आफ्नो जग्गामै डोमको घर भएको भनेर अदालतबाट घर खाली गराउने आदेश दिएको बताए । स्थानीय गाउँलेले पनि डोम समुदाय ऐलानी जग्गामै बसोबास गर्दै आएको बताएका छन् । स्थानीयले घर भत्काइदिएकै ठाउँमा फेरी घर बनाउन डोम समुदायलाई लगाएका छन् । विवादबारे स्थानीय स्तरमै छलफल गर्न भेला बोलाउँदा शर्मा भने तयार भएका छैनन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
Total damaged Buildings 10
Severely damaged Buildings 10
National/Online Media

0 Comments

Related Reports