Incident Reports

Teacher arrested on the charge of raping two 9-year-old girls

2018-10-06

District Police Office of Kabhrepalanchowk has arrested Shankar Pahari, a teacher, on the charge of raping 2 of his own students. According to Rabiraj Khadka of District Police Office Kabhrepalanchowk, Pahari was arrested for raping 2 9-year-old girls studying in grade 5. The victims' family stated in the complaint that Pahari repeatedly raped the minor girls during the past few months by threatening them. Police are further investigating on the incident. पछिल्लो समय एकपछि अर्काे गर्दै बलात्कारका घटना सार्वजनिक भएका छन् । नैतिक शिक्षाको अभावमा बलात्कारका घटना बढेको टिप्पणीसमेत हुने गरेको छ । तर, काभ्रेमा भने सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक नै दुई बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो । पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका रविराज खड्काले जानकारी दिए । अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ । ‘पीडितहरुको जाहेरीका आधारमा अनुसन्धान गरी हामीले थप प्रक्रिया अगाडि बढाएका छौं,’ प्रहरी प्रमुख खड्काले भने, ‘९ वर्षका २ जना बालिकालाई करणी र दुर्व्यवहार गर्ने शिक्षक पहरीलाई अदालतबाट ७ दिनको म्याद थपिएको छ ।’ जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, स्कुलबाट छुटेर घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ । शिक्षकले दुई मध्ये एक बालिकालाई कक्षा ४ देखि नै संवेदनशील अंग चलाउने, छुने जस्ता क्रियाकलप गर्दै आएको आरोप छ । कक्षा ५ सुरु भएपछि पहिले दुर्व्यवहारमा परेकी बालिकाको साथीलाईसमेत उनले दुर्व्यवहार गर्न थालेको उनका अभिभावकहरुले बताएका छन् । बालिकाहरुलाई शिक्षकले केहिले चक्लेट किन्दिन्छु भन्ने, कहिले अरुलाई भनिस् भने कुट्छु, भन्दै डरधम्की देखाउने गरेको आरोप आफन्तको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha , Local Newspaper - Bara

0 Comments