Incident Reports

महादेव मन्दिरलाई सरकारीकरण हुनुपर्ने माग गर्दै प्रदर्शन

2018-09-09

Madhes, Rautahat, Garuda

जिल्लाको धार्मिक स्थल शिवनगर महादेव मन्दिरलाई सरकारीकारण हुनुपर्ने तथा महन्थले हत्य्ह्याएको करोडौँको जग्गा फिर्ताको माग सहित प्रदर्शन गरिएको छ । आइतबार दिउँसो महादेव स्थल बचाउ संघर्ष समितिको आयोजनामा गरुडा बजार देखि शिवनगर महादेव स्थान सम्म उक्त विशाल प्रदर्शन गरिएको हो ।प्रदेश सांसद कुन्दन कुशवाहाको नेतृत्वमा सैयौँको संख्यामा गरेका स्थानीयहरु बैनर,प्लेकार्ड,तूल सहित गरुडा स्थित दुर्गा मन्दिरको अगाडीबाट शुरुभई विभिन्न नारा लगाउँदै कमहादेव स्थानमा पुगेर कोण सभामा परिणत भएको थियो । २०२१ सालको नापीमा विश्वनाथ महादेव अर्थात शिवनगर महादे स्थानको नाउमा दर्ता कायम रहेको साविक गाविस महमदपुर को तीनकठ्ठा,तीनधुर र सोहि वडाको एक बिगाहा चारकठा चार धुर करोडौ मूल्यको जग्गा २०५८ साल ताका तत्कालिन मालपोतका कर्मचारीलाई मिलेर महन्थ गिरीले आफ्नो नाउमा दर्ता गराएको वक्ताहरुले सार्वजनिक गरेका थिए । शिवनगर महादेव स्थानको जग्गा महन्थ कृष्णदेव गिरीले पुनः महादेव स्थानको नाउँमा फिर्ता र मन्दिर सरकारीकारण न भए सम्म आन्दोलन जारी रहने संघर्ष समितिका अध्यक्ष विजय साह लगायतका वक्ताहरुले चेतावनी दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments