Incident Reports

दलितले पानी खाएको भन्दै चापाकलको धारा उखोलेर लगेपछि

2018-10-24

दलितले पानी खाएको भन्दै कथित माथिल्लो जातका व्यक्तिहरुले सार्वजनिक चापाकलको धारा खोलेर लुकाएपछि पर्साको एक गाउँमा खानेपानीको हाहाकार भएको छ । जिल्लाको बैरियाबिर्ता गाविस–५ नौतजका स्थानीय उपल्लो जात भनिएका केही व्यक्तिले सोही ठाउँमा रहेको धारा खोलेर लगेपछि सो ठाउँका दलितलगायतका स्थानीय खानेपानीको सुविधाबाट वञ्चित भएका हुन् । मङ्सिर ८ गते सोही ठाउँका स्थानीय लक्ष्मी राउत डोमले धाराको पानी खाएको भन्दै स्थानीय केही व्यक्तिले धारा खोलेर लगेपछि खानेपानीको अभाव भएको स्थानीयले बताए । सो स्थानमा रहेको मठमा राखिएको सार्वजनिक चापाकलको पानी आफूले खाएको भन्दै स्थानीय बह्मदेव यादव, चोकट यादवलगायतले आफूहरुलाई धम्कीत दिएको पीडित डोमले बताए । पानी खाएकै कारण आफूलाई उनीहरुले दण्डित गर्ने प्रयास गरेको भए पनि आफूले कुनै पनि हालतमा कुनै जरिवाना नतिर्ने अडान लिएपछि धारा नै खोलेर लगेको पीडित डोमको भनाइ छ । कथित उपल्लो जातको व्यक्तिले सार्वजनिक धारा खोलेर लगेपछि आफूसहित केही स्थानीय नदीको दूषित पानी पिउन बाध्य भएको डोमले बताए । एक्कासी धारा खोलिदिएपछि मारमा परेको भन्दै सोही ठाउँका नाजा सहनीले धारो जोडिदिन आग्रह गर्दा सुनुवाइ नभएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा उनीहरुविरुद्ध उजुरी दिएको उनले बताए । इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक अनिल घिमिरेले आफूले धारा जडान गर्न निर्देशन दिइसकेको जनाउँदै तत्काल धारा जडान हुने जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
National/Online Media

0 Comments