Incident Reports

नगरप्रमुखमाथि हातपात, बचाउन खोज्ने नै कुटिए

2018-10-31

Madhes, Dhanusha, Lahan

धनुषाको हंशपुर नगरपालिकाका मेयर रामग्यान मण्डलमाथि हातपातको प्रयास भएको छ। बुधबार नगरपालिका कार्यालयको कार्यकक्षमै मेयर मण्डलमाथि हंशपुर नगरपालिका-४, का सडक उपभोक्ता समितिका अध्यक्ष ३५ बर्षीय रामहदय यादव र स्थानीय २७ बर्षीय दीपनारायण यादवले हातपातको प्रयास गरेका हुन्। दुवैजनाले मेयर मण्डलमाथि हातपात गर्न खोज्दा बचाउन खोज्ने क्रममा हंशपुर नगरपालिका २ का २५ बर्षीय बिजय मण्डलनै कुटिएका छन्। बाटो ग्राभेलको लामो समय बितिसक्दा समेत भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिका अध्यक्ष यादव मेयरमाथि खनिएका छन्।
कार्यकक्षमै आफूमाथि भएको हातपातको प्रयास र आफूलाई बचाउन खोजेका बिजय मण्डल माथि कुटपिट गर्ने अध्यक्ष यादव र उनका सहयोगी दिपनारायणलाई कारबाहीको माग गर्दै नगर प्रमुख मण्डलले दुवैजनाबिरुद्द बिहिबार जिल्ला प्रहरी कार्यालय धनुशामा जाहेरी दर्ता गराएको थियो।
घटनापश्चात हातपात गर्ने अध्यक्ष राम्ह्दयलाई जिल्ला प्रहरीले पक्राउ गरेर नियन्त्रणमा लिए पनि बुधबार राति नै छोडेको थियो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari

0 Comments