Incident Reports

सैनिक जवानमाथि बलात्कार प्रयासको आरोप

2019-01-11

Madhes, Siraha, Mirchaiya, Ward 7

शुक्रबार राति सिरहाको मिर्चैया नगरपालिका ७ मा सैनिक जवानले एक किशोरीमाथि बलात्कारको प्रयास गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन्।

राति ९ बजेतिर श्रीगोरख गण चोहर्वाका तीनजना सैनिक जवानले किशोरीको बलात्कार प्रयास गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन्।

राति शाैच गर्न निस्केकी किशोरीलाई सैनिक जवानले जबरजस्ती गर्न खोज्दा ती किशोरी जोडले कराएकी थिइन् । किशोरीको आवाज सुनेर स्थानीय जम्मा भएपछि ती सैनिक जवान भागेका थिए।

भाग्ने क्रममा एकजना सैनिक जवान दिपेन्द्र शाहीलाई नियन्त्रणमा लिएका स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयामा बुझाएका छन्।

सैनिक जवानसहित प्रहरीले अनुसन्धानका लागि भन्दै स्थानीय दिपेश यादव, मुकेश यादव र चन्दन पासमानलाई नियन्त्रणमा लिएपछि स्थानीय आक्रोशित भएका हुन्।

बलात्कार गर्न खोज्नेलाई बुझाउन जाँदा प्रहरीले उल्टै स्थानीयलाई समातेपछि उनीहरु आक्रोशित बनेका हुन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Army
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments