Incident Reports

पत्रकारलाई धम्क्याएको विषयलाई लिएर महासंघद्वारा भत्र्सना

2019-01-15

समाचारको विषयलाई लिएर झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल सञ्चालक दुर्गा प्रसाईले कान्तिपुर दैनिकका सम्वाददाता विप्लव भट्टराईसहितका पत्रकारलाई धम्क्याएको घटनाको नेपाल पत्रकार महासंघले भत्र्सना गरेको छ । पत्रकार भट्टराई नेपाल पत्रकार महासंघ इलाम शाखाका सदस्य समेत हुन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै केही दिनदेखि इलाममा अनशनरत डा. गोविन्द केसीलाई बीएण्डसी अस्पतालका तर्फबाट चैतन्य मैनाली नाम गरेका व्यक्ति भेट्न आएको विषयमा टेलिफोनमार्फत बुझ्न खोज्दा अस्पतालका सञ्चालक प्रसाईले भट्टराईलगायतका पत्रकारलाई गालीगलौज गर्दै धम्क्याएको नेपाल पत्रकार महासंघ इलाम शाखाले जनाएको छ । स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारलाई बिनाकारण गालीगलौज गर्नु प्रेस स्वतन्त्रता विरोधी काम भएको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टको भनाई छ । पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित पक्षसँग माग गर्दछ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments