2019-01-29
राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको अनुसन्धानका क्रममा मानवाधिकार उल्लंघन भएको ठहर गरेको छ।
आयोगबाट गठित टोलीले आफ्नो प्रदिवेदनमा हचुवा भरमा शंका लागेको सबैको डीएनए परीक्षण तथा नाम सार्वजनिक गरेको जनाएको छ। यस्तै शंका लाग्नेजति जसको पनि डिएनए परीक्षण गर्नु आपत्तिजनक भएको उसको ठहर छ।
आयोगले घटनाका अनुसन्धानकर्ताको मनोबल गिर्ने गरी हचुवामा कारबाही गरिएको पनि जनाएको छ। आयोगले घटनामा मानवअधिकार क्षेत्रबारेमा मात्र हेरेको बताएको छ।
आयोगले घटनाको अनुसन्धानका लागि पूर्व पमहान्याधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक विज्ञानराज शर्मा, फरेन्सिक विज्ञ हरिहर वस्ती डिएनए विशेषज्ञ दिनेश झा तथा आयोग अधिकृत सम्मिलित समिति गठन गरेर अनुसन्धान सुरू गरेको थियो।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD