Incident Reports

धारिलो हतियार प्रयोग गरी चितवनमा एक महिलाको हत्या

2019-01-28

Bagmati, Chitawan, Rapti, Ward 6

१५ माघ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको बताए ।

प्रारम्भिक विवरणमा थापाको हत्या भएको जनाइएको भए पनि विस्तृत विवरण आइनसकेको उनले बताए ।

प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घटनाको वास्तविक विवरण आउन बाँकी रहेको बताए । घटनाको अनुसन्धानका लागि कुकुरसहित आफूसमेत जाँदै गरेको उनले बताए । घटनास्थलमा रहेकी राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले रातिमा हतियारले घोचेर हत्या गरिएको बताइन् । घरमा १४ वर्षीय बालकसँगै रहेकी थापाको क्रुरतापूर्वक हत्या गरिएको छ । परिवारका अन्य सदस्य घरमा नरहेको बेला घटना भएको हो । सँगै रहेका बालक भने सकुशल छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments